जापानमा एकजना नेपालीमा कोरोनाको संक्रमण


प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार

जापानको इबाराकी केनमा बस्दै आएका एक नेपालीमा कोरोनाको संक्रमण भेटिएको छ । इबाराकी केनको केयर गिभरमा काम गर्ने एक युवतीमा कोरोना संक्रमण भएको टोकियो स्थित नेपाली दूतावासले जानकारी गराएको छ ।

सक्रमित युवतीको अवस्था सामान्य रहेकाे र उपचार भइरहेको पनि दूतावासले जनाएकाे छ । साथै अरु ठाउँमा रहेका नेपालीहरू पनि संक्रमित भए/नभएको बुझ्ने काम भैरहेको दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com