लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने राष्ट्रपतिको चेतावनी


प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने चेतावनी दिएका छन् । राष्ट्रपति रोड्रिगोले लुजोनको टापुमा लागू गरिएको एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्ने चेतावनी दिएका हुन् ।

बुधबार राति टेलिभिजनमार्फत प्रसारित उक सम्बोधनमा उनले भने- ‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो- डाक्टर र स्वास्थ्यकर्मीहरुलाई चोट नपुर्याउनुहोस्, किनकि यो गम्भीर अपराध हो । यदि कसैले समस्या पैदा गर्छ भने तिनीहरूलाइ गोली ठोक्नुहोस् ।’

सरकारसँग खाद्य सहायताको माग गर्दै प्रर्दशन गर्ने मनिलाको क्युजन सिटीका २१ प्रदर्शनकारीलाई पक्राउ गरेपछि डुटर्टोले यस्तो आदेश जारी गरेका हुन् । प्रहरी अधिकारी जनरल रोनी मोन्तेजोले लाखौं जनतालाई घरभित्रै क्वारेन्टिनमा बस्न भनिएको छ । यो नयाँ नियम तोड्नेविरुद्ध आपराधिक मुद्दा दर्ता गरिने उनले जानकारी दिए ।

स्यान्टिटाउनका बासिन्दाले दुई हप्ता अघिदेखि लागू गरिएको लकडाउनका बीच आफूहरुले सरकारबाट अन्य राहत सामग्रीका साथै खाद्य सहायता नपाएको गुनासो गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पक्राउ गर्नुअघि प्रदर्शनकारीले भनेका थिए, ‘हामी भोकको कारण मद्दतका लागि यहाँ आएका छौं। सरकारले हामीलाई खानेकुरा, चामल, पैसा केही पनि दिएकाे छैन । अहिले सबै बन्द छन्, हाम्रो कुनै काम छैन । हामी कसरी बाँच्ने ?’

२१ प्रदर्शनकारीलाई पक्राउ गरेपछि अन्य बासिन्दाहरूले पक्राउ परेका व्यक्तिहरूको रिहाइको माग गर्न जुलुस निकालेका थिए । स्यान्टिटाउनका ५७ मिलियन मानिसहरू अहिले लकडाउनमा छन् । फिलिपिन्समा अहिलेसम्म २ हजार ३११ जना काेराेना संक्रमित भेटिएका छन् भने ९६ जनाकाे मृत्यु भइसकेकाे छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com