महामारीको संकट दोस्रो विश्व युद्ध पछिकै ठूलो चुनौति : राष्ट्रसंघ


प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कोरोना महामारीको संकट दोस्रो विश्व युद्ध पछि कै ठूलो चुनौति रहेको बताएका छन् ।

कोरोना महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको प्रक्षेपणको विषयमा रिपोर्ट सार्वजनिक गर्दै उनंले अहिलेको संकटले विगतमा नआएको मन्दी ल्याउन सक्ने चेतावनी दिए ।

महासचिव गुटरेसले कोरोना भाइरसले समाजलाई आक्रमण गरिरहेको भन्दै अहिले विश्वलाई एकताको खांचो रहेकोमा जोड दिए । तत्काल समन्वयात्मक स्वास्थ्य सेवाको प्रवाहबाट मात्र महामारी अन्त्य गर्न सकिने उनको भनाई थियो ।

महासचिव गुटरेसले कोभिड नाइन्टिन,संयुक्त राष्ट्रसंघको गठन भएदेखि कै सामना गर्नु परेको सबैभन्दा ठूलो परीक्षा भएको उल्लेख गरे ।

कम विकसित र सम्भावित रोगको महामारी सामान गर्नु डढेलो जस्तो भएकाले औद्योगिक राष्ट्रहरुले उनीहरुलाई सहयोग गर्न आग्रह गरे ।

राष्ट्रसंघको रिपोर्टले कोरोनाको प्रकोपका कारण विश्वभर २५ करोडले रोजगार गुमाउने अनुमान गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com