तिब्बतको गुडविल फाउन्डेशनद्धारा नेपाललाई मेडिकल मास्क सहयोग


प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार

चीनको तिब्बत स्वायत्त प्रदेशमा रहेको गुड विल फाउन्डेशन नामक संस्थाले नेपाललाई ५० हजार थान मास्क सहयोग गरेको छ ।

गुडविल फाउन्डेसनले आज चीनको गञ्जाओस्थित नेपाली महावाणिज्य दूताबासलाई ५० हजार थान डिस्पोजेवल मेडिकल मास्क हस्तान्तरण गरेको हो । गुडविल फाउन्डेशनका अध्यक्ष मा सिजियानले नेपाली महावाणिज्य दूताबासका उपमहावाणिज्य दूत कुञ्जन साहलाई आज हस्तान्तरण गर्नुभएको हो । गुडविल फाउन्डेशनबाट नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलका नाममा पठाइएका यी सामग्री काठमाडौं आइपुगेपछि नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरिनेछ ।

त्यसक्रममा, फाउन्डेशन अध्यक्ष मा ले कोरोना भाइरसको संक्रमणमा विजय प्राप्त गरेको चीनको नागरिकको तर्फबाट आफ्नो सबैभन्दा असल छिमेकी राष्ट्रलाई सहयोग गर्न पाउंदा खुशी भएको बताउनुभयो । मा ले उहाँले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गुडविल फाउन्डेसन तिब्बतको तर्फबाट भोलिका दिनमा पनि नेपाललाई सहयोग जारी राख्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाली महावाणिज्य दूतबासका उपमहावाणिज्य दूत कुञ्जन साहले नेपाललाई अति आवश्यक मास्क सहयोग गरेकोमा गुडविल फाउन्डेशनलाई धन्यवाद दिनुभयो । साहले कोरोना भाइरस महामारी विरुद्धको युद्धमा दुवै देश मिलेर अघि बढ्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुडविल फाउन्डेशनले नेपालका युवालाई स्वरोगजार तालिम प्रदान गर्दै आएको छ भने सरकारी कर्मचारीहरुलाई चिनिया भाषामा कम्प्युटर संचालनको प्रशिक्षण दिंदै आएको छ । फाउन्डेशनले नेपालका सामुदायिक विद्यालयहरुलाई पनि सहयोग गर्दैआएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com