एक साताभन्दा कम समयमा बन्यो, कोरोना भाइरस संक्रमित गम्भीर बिरामीलाई उपचार गर्ने मेसिन


प्रकाशित मिति : चैत्र १७, २०७६ सोमबार

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितलाई उपचार गर्नका लागि वैज्ञानिकहरुले दिनहुँ नयाँ – नयाँ उपचारको विधिहरु पत्ता लगाइरहेका छन् । यसैक्रममा फेरि कोरोना संक्रमितको नयाँ तरिकाबाट उपचार गर्न मिल्ने केही उपकरणहरु पत्ता लगाइएको छ ।

कोरोना भाइरस सङ्क्रमण भएका गम्भीर बिरामीलाई सघन उपचार कक्षमा लैजानु नपर्ने र सास फेर्नका लागि केही उपकरण एक साताभन्दा कम समयमा बनाइएको जनाइएको छ।

यूनिभर्सिटी कलेज लन्डनका इन्जिनियरहरूले त्यहाँको अस्पताल र मोटरकार निर्माता कम्पनी मर्सिडिजको फर्मूला वानसँग मिलेर त्यो यन्त्र बनाएको बीबीसीमा उल्लेख छ ।

उक्त यन्त्रले भेन्टिलेटरको काम गर्ने अधिकारीहरुले बताएका छन् । उनीहरुको अनुसार फोक्सोमा अक्सिजन पठाउने भेन्टिलेटर भन्ने यन्त्र प्रयोग नगरिकनै फोक्सोमा अक्सिजन पठाउन सक्छ।

भेन्टिलेटरको काम गन मेसिनको नाम रहेको छ कन्टिनिअस पोजिटिभ एअरवे प्रेसर (सीपीएपी) । त ती उपकरणहरू यसअघि पनि अस्पतालहरूमा प्रयोग हुने गरेपनि तिनको पर्याप्त आपूर्ति हुन नसकेको जनाइएको छ।

हाल ४० वटा नयाँ सीपीएपी उपकरण युनिभर्सिटी कलेज अफ लण्डनको अस्पताल र अन्य तीन अस्पतालमा पठाइसकेको छ । उपकरणहरुको परीक्षण सफल भए मर्सिडिज एएमपी एचपीपीले प्रतिदिन १,००० का दरले त्यस्तो उपकरण बनाउन सक्ने बताइएको छ ।

ब्रिटेनको औषधि तथा स्वास्थ्यउपचार सामग्री नियामक निकाय एमएचआरएबाट सीपीएपी उपकरणको प्रयोग गर्न स्वीकृति दिइसकेको छ। बीबीसीका अनुसार सीपीएपीले बिरामीको मुख र नाकबाट हावा र अक्सिजनको निरन्तर प्रवाह गर्छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com