राष्ट्रपति ट्रम्पले संक्रमण रोक्ने नियम एक महिना बढाए


प्रकाशित मिति : चैत्र १७, २०७६ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोक्न लागू गरिएका नयाँ नियमको अवधी थप एक महिना लम्ब्याएका छन् ।

एकअर्काबीचको दुरी कायम गर्नु पर्ने, धेरै मानिस भेला हुन नपाउने लगायतका नियम अझैं एक महिनाका लागि थप गरिएको हो ।

२५ मार्चमा ट्रम्पले अमेरिका आउँदो अप्रिलको मध्यतिर पूर्वीय देशहरु भन्दा अगाडि नै अमेरिकाले संक्रमणबाट राहत पाउने र सजगताका लागि लगाइएको नयाँ नियमहरु हटाउने बताएका थिए ।

तर, अपेक्षा गरे जस्तो संक्रमण नियन्त्रणमा हुनुको साट्टो थप संक्रमण हुन थालेपछि नियमको म्याद थपिएको हो ।

ह्वाइट हाउसका मेडिकल सल्लाहकार डा. एन्थोनी फौसीले अमेरिकामा कोरोना भाइरसबाट कम्तिमा २ लाखको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।

उनले लाखौं अमेरिकी यसबाट संक्रमित हुन सक्ने भन्दै त्यसले मृत्युदर पनि बढाउने उनको चेतावनी छ ।

अमेरिका अहिले विश्वमै सबैभन्दा बढी संक्रमित भएको देशका रुपमा रहेको छ । अहिलेसम्म १ लाख ४० हजार भन्दा बढि अमेरिकी नागरिक कोरोनाबाट संक्रमित भइसकेका छन् । अमेरिकामा २ हजार ८ सय भन्दा बढिको मृत्यु भइसकेको छ । (एजेन्सी)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com