स्पेनमा २४ घण्टामै ८२१ जनाको मृत्यु


प्रकाशित मिति : चैत्र १७, २०७६ सोमबार

विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस अर्थात कोभिड-१९ बाट स्पेनमा ६ हजार ८०३ पुगेको छ । यो कोरोनाको उद्गम स्थल चीनको भन्दा दोब्बर बढी हो ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार चीनमा अहिलेसम्म ३ हजार ३ सयको मृत्यु भएको छ । कोेरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । त्यसपछि स्पेन नै हो । इटालीमा काेराेनाका कारण अहिलेसम्म १० हजार ७७९ जनाले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा अहिलेसम्म ८० हजार ११० जना संक्रमित भएका छन् । तीमध्ये १४ हजार ७०९ जना पूर्ण रुपमा निको भएका छन् । अहिले स्पेनमा ५८ हजार ५९८ जनामा कोरोना सक्रिया रहेको छ । तीमध्ये ४ हजार २६५ जनाको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामै स्पेनमा ८२१ जनाको मृत्यु भएको छ भने ६ हजार ८७५ जना नयाँ संक्रमित भेटिएका छन् । बढ्दो मृत्युलाई हेर्दा स्पेनमा कोरोनाको कहर तत्काल रोकिने संकेत देखिएको छैन ।

गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका दुई सयभन्दा बढी मुलुकमा फैलिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com