कोरोनाविरुद्धको लडाइँ : गम्भीर मोडमा भारत


प्रकाशित मिति : चैत्र १६, २०७६ आईतबार

संक्रमितको संख्या बढेसँगै कोरोना (कोभिड–१९) भाइरसविरुद्धको लडाइँमा भारत एउटा गम्भीर मोडमा छ । संक्रमणविरुद्धको लडाइँमा स्वास्थ्यकर्मी हिम्मतसाथ अग्रमोर्चामा उभिएका छन् । केहीले त भारतले ‘जित्नै नसक्ने युद्धमा होमिनुपरेको’ टिप्पणीसमेत गरेका छन् ।

कोरोना नियन्त्रण गर्न अझै पनि भारतसँग समय रहेको भन्दै त्यसको सदुपयोग गर्न केही विज्ञले सुझाब दिएका छन् । वेलैमा नियन्त्रणमा लिन नसके लाखौँ भारतीयको जीवन जोखिममा रहने उनीहरूको चेतावनी छ ।

अमेरिका र इटालीमा जस्तै महमारीको स्वरूप लिएमा त्यसको सामना गर्न देशको स्वास्थ्य प्रणाली असमर्थ हुने भन्दै धेरैले चिन्ता व्यक्त गर्न थालेका छन् । देशको कुल जनसंख्याको १० प्रतिशत मात्र संक्रमित भएमा १३ करोड जनसंख्या अस्पताल पुग्नुपर्ने र त्यसका लागि राज्यले निकै तयारी गर्नुपर्ने विज्ञहरूले अनुमान गरेका छन् ।

अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्टका अनुसार देशमा हरेक एक हजार मानिसका लागि केवल ० दशमलव ५ प्रतिशत अस्पताल बेड छ, जुन संसारमै सबैभन्दा न्यून अनुपात हो । तसर्थ भारतले सामाजिक दूरी कायम गरेर तथा मुख्य सहर र बजार बन्द गरेर यो महामारीलाई नियन्त्रण गर्ने सोचिरहेको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

तर, यो कति सफल हुन्छ भन्ने विषय सर्वसाधारणले कत्तिको पालना गर्छन् भन्नेमा पनि निर्भर हुनेछ । चिकित्सक, नर्स, औषधि व्यवसायी, प्रहरी, पाइलट, रेलका कर्मचारी र सरसफाइमा संलग्न व्यक्तिले कोरोनाविरुद्धको महाअभियानमा हरेक दिन आफ्नातर्फबाट महत्वपूर्ण योगदान दिँदै आएका छन् । र, मेडिकल कर्मचारी यस प्रयत्नको सबैभन्दा अग्रमोर्चामा छन् ।

पश्चिमी सहर अहमदाबादको सरकारी एक अस्पतालकी डा. तरिनी जोहरीका अनुसार कोरोना संकट समाधान गर्न मेडिकल क्षेत्र तयार छैन । उनी भन्छिन्, ‘कोरोना भाइरस वार्डमा काम गर्ने चिकित्सक तथा नर्ससँग सुरक्षित उपकरण छैन । त्यस्तै, हामी सबैभन्दा बढी जोखिममा छौँ भन्ने थाहा हुँदाहँुदै पनि बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । त्यसैले अधिकांश चिकित्सक जोखिममा छन् । हामीलाई सुरक्षित सामग्री आवश्यक पर्छ,’ उनले भनिन् ।

उत्तरी सहर लखनउस्थित एक अस्पतालमा कार्यरत चिकित्सक प्रिया श्रीवास्तव भन्छिन्, ‘वास्तवमा सरकारले तदारुकता देखाउने समय नै यही हो ।’ डा. श्रीवास्तव अगाडि भन्छिन्, ‘हामीले तत्काल अस्थायी अस्पताल बनाउनुपर्छ । समुदायमा कुनै पनि वेला फैलन सक्ने जोखिम भएकाले एकपछि अर्को अस्पताल बनाउन ढिलाइ गर्न हुन्न । यसका लागि सबै तयार हुनुपर्छ ।’

अहिले फ्लुको मौसमले अवस्थालाई झनै विकराल बनाएको उनको भनाइ छ । उनी अगाडि थप्छिन्, ‘जताततै त्रास छ । सामान्य रुघाखोकीका बिरामी पनि कोभिड–१९ को आशंकामा अस्पताल धाउन थालेका छन् । तसर्थ, कोरोना भाइरसको लक्षणबारे सर्वसाधारणलाई सुसूचित गर्न आवश्यक छ ।’

त्यस्तै, दिल्लीका विभिन्न अस्पतालमा ३० वर्षदेखि सेवा गर्दै आएका डा. भिके बाट्रा भन्छन्, ‘यस्तो वेला चिकित्सकले आफ्नातर्फबाट सक्दो सहयोग गर्नुपर्छ । ‘मानिसहरूलाई पनि मेरो एउटा अनुरोधसहितको सन्देश छ– केवल घरमै बस्नुहोस् । केही हप्ता घरमै रहनुहोस्, ताकि महामारीविरुद्ध लड्न हामीले अवसर पाउनेछौँ ।’
उनी अगाडि भन्छन्, ‘बिरामीलाई निरन्तर उपचार गर्न हामीमध्ये केहीजना परिवारबाट केही दिन अलग बस्नुपर्छ । यसले केही दबाब दिए पनि अर्को विकल्प छैन । यसअघि कहिल्यै अनुमान नगरेको तथा नदेखेको शत्रुसँग हामी लड्दै छौँ ।’

उनी भन्छन्, ‘हामीले सोचेअनुसार व्यक्तिगत सुरक्षा औजार पाउन सकेका छैनौँ । हामी कोरोनाविरुद्ध लड्न अग्रमोर्चामा उभिएका सिपाही हौँ । तसर्थ व्यक्तिगत सुरक्षाका उपकरणविना कसरी युद्ध जित्न सकिन्छ ?’

कोरोना परीक्षणका लागि भारतले निजी ल्याबलाई अनुमति दिएको छ र ल्याबका केही प्राविधिकलाई तालिम प्रदान गरेको छ । तीमध्येका अमरदिम चौधरी पनि एक हुन् । उनी भन्छन्, परीक्षणका लागि नमुना संकलन गर्न म मानिसहरूको घरघर जाने गर्छु । हाम्रो रक्षाका लागि सावधानी अपनाउँदै आएका छौँ ।

यद्यपि, कोरोना भाइरस भिन्नै खालको छ । मलाई भित्रभित्रै डर लागेको छ । तर पनि कर्तव्यबाट भाग्न त मिल्दैन नि ।’ अस्पतालभित्र चिकित्सक कोरोनाविरुद्धको युद्धमा लडेका छन् भने लकडाउन कार्यान्वयन गर्न बाहिर प्रहरी खटिएको छ । भारतमा कोरोना संक्रमितको संख्या नौ सय आठ पुगेको छ । संक्रमणबाट शनिबारसम्म २० जनाको मृत्यु भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com