कोरोना: विश्वभर ज्यान गुमाउनेको सङ्ख्या ३० हजार नाघ्यो , इटालीमा मात्र १० हजार !


प्रकाशित मिति : चैत्र १६, २०७६ आईतबार

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या ३० हजार ९ सय पुगेको छ । आइतबार बिहानसम्म ३० हजार नौ सय जनाको ज्यान गएको छ । भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ६३ हजार सात सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले अमेरिका कोरोना भाइरसको ‘इपिसेन्टर’ बनेको छ । अमेरिकामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै अर्थात् एक लाख २३ हजार ८ सय ४० पुगेको छ ।

अमेरिकापछि इटलीमा सङ्क्रमितको सङ्ख्या ९२ हजार चार सय ७२ पुगेको छ । चीन तेस्रो नम्बरमा छ, जहाँ ८१ हजार चार सय ३९ जना सङ्क्रमित भएका छन् ।

भाइरसबाट ज्यान गुमाउनको सङ्ख्यामा इटली सबैभन्दा अघि छ । इटलीमा १० हजार २३ जनाको ज्यान गइसकेको छ । इटलीपछि स्पेनमा पाँच हजार ९ सय ८२, चीनमा तीन हजार तीन सय, इरानमा दुई हजार पाँच सय १७, फ्रान्समा दुई हजार तीन सय १४ र अमेरिकामा दुई हजार दुई सय ११ जनाको ज्यान गएको छ ।
त्यस्तै विश्वभरि भाइरस सङ्क्रमितमध्ये एक लाख ४२ हजार १ सय ८३ जना उपचारपछि घर फर्किएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com