इटाली : एकैदिनमा ९ सयभन्दा बढीको मृत्यु


प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार

कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन नाै सय १९ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या नाै हजार एक सय ३४ पुगेको छ ।

इटाली विश्वमा नै यो संक्रमणबाट सबैभन्दा धेरै मानिसले ज्यान गुमाउने देश हो । इटालीको लोम्बोर्डी क्षेत्र सबैभन्दा बढी प्रभावित छ र अधिकांश ज्यान गुमाउने मानिस यही क्षेत्रका बासिन्दा रहेका छन् ।

भाइरसबाट संक्रमित हुने मानिसको संख्या ८६ हजार चार सय ९८ पुगेको छ । यस्तै, अर्को युरोपेली मुलुक स्पेनमा पनि मृत्युदर उच्च छ । यहाँ शुक्रबार मात्र सात सय ७७ जनाको ज्यान गएको छ । योसँगै संक्रमणबाट ज्यान गुमाउनेका संख्या पाँच हजार एक सय ३८ पुगेको छ । स्पेनमा ६५ हजार चार सय ९८ संक्रमित भएका छन्, नाै हजारभन्दा बढी निको भएका छन् ।

अमेरिका भाइरसबाट सबैभन्दा धेरै मानिस संक्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म एक लाख चार हजारभन्दा बढी संक्रमित भएका छन् । यस भाइरसाट मृत्यु हुनेको संख्या एक हजार सात सय ४चारनाको ज्यान गएको छ ।

अहिलेसम्म विश्वभर पाँच लाख ९७ हजार चार सय ५८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित व्यक्तिमध्ये एक लाख ३३ हजार तीन सय ७३ जना उपचारपछि घर फर्किएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com