कोरोना संक्रमितको संख्या पाँच लाख नाघ्यो, अमेरिका पहिलो नम्बरमा


प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने संख्या पाँच लाख नाघेको छ । अहिले संक्रमण हुने देशको पहिलो नम्बरमा अमेरिका परेको छ ।

यो समाचार लेख्दासम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर पाँच लाख ३१ हजार पुगेको छ । अमेरिकामा मात्रै ८५ हजार तीन सय ७७ जना संक्रमित बनेका छन् ।

दोस्रो नम्बरमा रहेको चीनमा ८१ हजार तीन सय ४० जनामा संक्रमण भएको थियो । तर, चीनमा अहिले तीन हजार चार सय ६० मानिस मात्रै संक्रमणको अवस्थामा छन् ।

तेस्रो नम्बरमा सबैभन्दा बढी संक्रमित रहेको इटालीमा ८० हजार पाँच सय ८९ जना संक्रमित छन् । त्यहाँ पनि १० हजारभन्दा बढी मानिस रिकोभर भएर अस्पतालबाट घर फर्किसकेका छन् ।

इटालीपछि स्पेनमा उच्च संक्रमण देखिएको छ । ५७ हजार सात सय ८६ मानिस संक्रमित भएका छन् । त्यसमध्ये ७ हजार रिकोभर भइसकेका छन् ।

जमर्नीमा ४३ हजार मानिस संक्रमित भएका छन् । इरान र फ्रान्समा संक्रमितको संख्या २९ हजार नाघेको छ । बेलायतमा भने ११ हजार मानिस संक्रमित भएका छन् ।

अहिलेसम्म संक्रमण भएकामध्ये एक लाख २३ हजार संक्रमित निको भइसकेका छन् । २४ हजार ७३ को मृत्यु भइसकेको छ । संक्रमणको अवस्थमा रहेकामध्ये १९ हजार तीन सय ५७ जना गम्भीर अवस्थमा रहेका छन् । संक्रमण विश्वका एक सय ९९ सय देश र क्षेत्रमा फैलिसकेको छ ।

पछिल्लो समय विश्वका धेरै मुलुकले लकडाउन गरिसकेका छन् । त्यसकारण संक्रमण कम फैलिनका लागि लकडाउनलाई नै उत्तम विकल्प मानिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com