कोरोना: अमेरिकामा एकै दिन १७ हजार संक्रमित थपिए


प्रकाशित मिति : चैत्र १३, २०७६ बिहीबार

विश्वमा महामारीको रुप लिदै गएको नोवेल कोरोना भाइसर कोभिड १९ का संक्रमित  एकै दिन अमेरिकामा १७ हजार नया संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिए जस्तै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड १९ को नयाँ इपिसेन्टर अमेरिका बन्दै गएको छ। पुष्टि भएका संक्रमितको संख्या अमेरिकामा विश्वमा सबैभन्दा धेरै पुगेको छ । पछिल्ला केही दिन १० हजार भन्दा बढीका दरले नयाँ संक्रमित थपिएको अमेरिकामा कुल संक्रमितको संख्या कोरोना भाइरसको उत्पति भएको चीनमा भन्दा धेरै भएका छन् ।

पछिल्लो २४ घण्टामा १७ हजार १६६ जनामा नयाँ संक्रमण पुष्टि भएपछि अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित हुने देश बनेको हो । चीनमा कुल संक्रमितको संख्या ८१ हजार २८५ छ भने अमेरिकामा त्यो भन्दा बढी ८३ हजार २०६ पुगेको छ ।

तेस्रो स्थानमा रहेको इटालीमाम कुल संक्रमितको संख्या ८० हजार ५९८ पुगेको छ । पछिल्लो २४ घण्टामा इटालीमा ६ हजार २०३ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै स्पेनमा ८ हजार २७१ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५७ हजार ७८६ पुगेको छ।

पछिल्लो केही दिनयता स्पेनमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या लगतार तीव्र गतिमा बढेको छ । पछिल्लो २४ घण्टामा ७१८ जनाको मृत्यु भएपछि कोरोना भाइरसका कारण स्पेनमा ज्यान गुमाउनेको संख्या ४ हजार ३६५ पुगेको छ ।

इटालीमा पनि पछिल्लो २४ घण्टामा ७१२ जनाको ज्यान गएपछि कुल मृत्यु हुनेको संख्या ८ हजार २१५ पुगेको छ ।

संक्रमण अति डरलाग्दो दरमा बढेको अमेरिकामा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १७४ ले थपिएपछि कुल ज्यान गुमाउनेको संख्या १२ सय एक पुगेको छ ।

विश्वभर अहिलेसम्म ५ लाख २९ हजार १४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २३ हजार ९६८ जनाको मृत्यु भएको छ । अहिलेसम्म एक लाख २३ हजार ९४२ जना निको भएर घर फर्किएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com