आशयपूर्ण तरिकाले कोरोना संक्रमण फैलाउनेलाई अमेरिकाले आतंकबादको मुद्दा चलाउने


प्रकाशित मिति : चैत्र १३, २०७६ बिहीबार

आशयपूर्ण तरिकाले कोरोना संक्रमण फैलाउनेलाई आतंकबादको मुद्दा चलाउन सकिने अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ । कार्यवाहक महान्यायाधिवक्ता जेफ्री रोसेनले संघीय कानुन कार्यान्वयन इकाइहरुलाई पठाएको एउटा मेमोमा जानाजान कोरोना संक्रमण फैलाउने कार्यलाई आंतकबाद सम्बन्धित कार्यको रुपमा हेरिने उल्लेख गरेका छन् ।

अमेरिकनबिरुद्ध धम्की र कोभिड १९ लाई अमेरिकनबिरुद्धको हतियारको रुपमा प्रयोग गर्न खोज्ने कार्य सह्य नहुने उनले बताएका छन् । मेमोले संघीय सरकारले लिन चाहेको आक्रमक कदममा जोड दिएको छ । उनले भनेका छन् अमेरिकाकीहरुको संरक्षणका लागि हामीले सकेजति राम्रो गर्नुपर्छ ।

त्यस्तै कार्यवाहक महान्यायाधिवक्ताले कोरोना भाइरसको नाममा विभिन्न ठगीहरु भइरहेको समेत स्पष्ट पारेका छन् । डेलिभरी गर्ने कुनै आशय विना नै मास्कहरु उपलब्ध गराउने भन्दै फोनकल गर्ने र रकम लिएपछि मास्कहरु डेलिभरी नगर्ने ठगहरुको बिगबिगी बढेको उनले बताएका छन् ।

त्यस्तै कोरोना भाइरसबारेका नक्कली वेवसाइट र एप्लीकेशनहरु समेत रहेको उनले बताएका छन् । गत साता महान्यायाधिवक्ता विलियम बारले संघीय अभियोजनकर्ताहरुलाई कोरोनाको महामारीका बेलामा हुने ठगीको अनुसन्धानका लागि प्राथमिकता दिन निर्देशन दिए लगत्तै यो नयाँ मेमो आएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा बिहिबार विहानसम्म कोरोना संक्रमितको संख्या ६८ हजार नाघिसकेको छ भने मृतकको संख्या पनि एकहजार नाघेको छ । न्युयोर्कमामात्र कोरोना संक्रमितको संख्या ३३ हजार नाघेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com