अमेरिकामा कोरोनाबाट ९ सय ४४ को मृत्यु , २४ घण्टामै थपिए ११ हजार बढी नयाँ बिरामी


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

अमेरिकामा पछिल्लो समय काेराेना भाइरसकाे संक्रमण तीव्र भइरहेकाे छ । पछिल्लाे २४ घण्टामा त्यहाँ ६४ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको कुल संख्या ९ सय ४४ पुगेको छ ।

अमेरिकाको न्यूयाेर्क विश्वमहामारीकाे अर्काे केन्द्र बन्न सक्नेमा विज्ञहरूले चेतावनी दिइरहेका छन् । न्यूयोर्कमा भेन्टिलेटर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री अब १० दिनलाई मात्र पुग्ने चेतावनी दिइसकेकाे छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार मात्रै अमेरिकामा ११ हजार १९१ जना नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म अमेरिकामा संक्रमित हुनेको संख्या ६६ हजार ४८ पुगेको छ । तीमध्ये ३९४ जना पूर्ण रुपमा निकाे भइसकेका छन् ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिले अमेरिकामा ६४ हजार ७१० जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये १ हजार ४५२ जनाको अवस्था गम्भीर रहेको छ । गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका करिब मुलुकमा फैलिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com