निको भएका व्यक्तिमा पुनः कोरोना संक्रमण दोहोरियो !


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमणपछि निको भएका व्यक्तिमा पुनः संक्रमण दोहोरिएको पाइएको छ । जापानमा एक व्यक्तिमा कोरोनाको संक्रमण दोहोरिएको हो । बीबीसी हिन्दीका अनुसार पूर्णरुपले कोरोना मुक्त भएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो । तर केही समयपछि फेरि उनमा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

कोरोना भाइरस संक्रमण पुष्टि भएका ७० वर्षीय एक व्यक्तिलाई टोक्योको एक अस्पतालमा उपचार गरिएको थियो । उपचारपछि उनी पूर्णरुपमा कोरोनामुक्त भए । अस्पतालले उनलाई डिस्चार्ज गरेपछि उनी आफ्नो घर फर्किए पनि ।

उनी पहिले जस्तै सामान्य जीवन जिउन थाले । घरबाहिर निस्किए, भीडभाडमा जान थाले । त्यसैक्रममा ज्वरो आयो र फेरि उनी अस्पतालमा भर्ना भए । अस्पतालले उनमा फेरि पहिलेकै कोरोना भाइरस शरीरमा दोहोरिएको बताएर उपचार थालेको छ ।

जापानमा एउटै व्यक्तिमा दोस्रोपटक पनि कोरोनाको भाइरसको संक्रमण पोजिटिभ देखिएका थुप्रै घटना भेटिएको जनाइएको छ । कम्तिमा १४ प्रतिशतमा संक्रमण दोहोरिएको एक अनुसन्धानले देखाएको छ ।

अनुसन्धानबाट नयाँ भाइरस संक्रमण फेरि नभई सुषुप्त भएको पहिलेकै भाइरस शरीरमा आफै बढेको खुलेको छ । उक्त अनुसन्धानले कुनै भाइरस मानिसको शरीरभित्र तिन महिना वा सो भन्दा बढी समयसम्म रहन सक्ने पत्ता लगाएको छ । बीबीसी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com