निको भएका व्यक्तिमा पुनः कोरोना संक्रमण दोहोरियो !


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमणपछि निको भएका व्यक्तिमा पुनः संक्रमण दोहोरिएको पाइएको छ । जापानमा एक व्यक्तिमा कोरोनाको संक्रमण दोहोरिएको हो । बीबीसी हिन्दीका अनुसार पूर्णरुपले कोरोना मुक्त भएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो । तर केही समयपछि फेरि उनमा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

कोरोना भाइरस संक्रमण पुष्टि भएका ७० वर्षीय एक व्यक्तिलाई टोक्योको एक अस्पतालमा उपचार गरिएको थियो । उपचारपछि उनी पूर्णरुपमा कोरोनामुक्त भए । अस्पतालले उनलाई डिस्चार्ज गरेपछि उनी आफ्नो घर फर्किए पनि ।

उनी पहिले जस्तै सामान्य जीवन जिउन थाले । घरबाहिर निस्किए, भीडभाडमा जान थाले । त्यसैक्रममा ज्वरो आयो र फेरि उनी अस्पतालमा भर्ना भए । अस्पतालले उनमा फेरि पहिलेकै कोरोना भाइरस शरीरमा दोहोरिएको बताएर उपचार थालेको छ ।

जापानमा एउटै व्यक्तिमा दोस्रोपटक पनि कोरोनाको भाइरसको संक्रमण पोजिटिभ देखिएका थुप्रै घटना भेटिएको जनाइएको छ । कम्तिमा १४ प्रतिशतमा संक्रमण दोहोरिएको एक अनुसन्धानले देखाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुसन्धानबाट नयाँ भाइरस संक्रमण फेरि नभई सुषुप्त भएको पहिलेकै भाइरस शरीरमा आफै बढेको खुलेको छ । उक्त अनुसन्धानले कुनै भाइरस मानिसको शरीरभित्र तिन महिना वा सो भन्दा बढी समयसम्म रहन सक्ने पत्ता लगाएको छ । बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com