अमेरिकामा साढे १० हजार सेना परिचालन


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

कोरोनाको महामारीबिरुद्ध जुध्न अमेरिकामा १० हजार ७ सय भन्दा धेरै सेना परिचालन गरिएको छ । दुईसाता अगाडि विभिन्न ६ राज्यमा ४ सय सेना परिचालन गरिएको भएतापनि अहिले ५० वटै राज्यमा नेशनल गार्डका सदस्यहरुले सहयोग गरिरहेका छन् ।

बुधबारसम्म १० हजार ७ सय सेनाले गुआम, पोर्तोरिको, भर्जिन आइल्याण्ड र वासिंटन डिसी लगायत ५० वटै राज्यमा सहयोग उपलब्ध गराइरहेका छन् । अमेरिकामा ६५ हजार भन्दा धेरैमा संक्रमण पुष्टी भएको छ भने ९ सय ३१ को ज्यान गएको छ ।

आगामी दिनमा सेना परिचालनको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । हाल अमेरिकामा झण्डै साढे ४ लाख नेशनल गार्ड रहेका छन् । सेनालाई सार्वजनिक स्थलहरु सफा गर्न, औषधी छर्कन, लजिस्टिक र यातायातमा सहयोग गर्न, कोरोना भाइरसको परीक्षण भइरहेका स्थलमा सघाउन परिचालन गरिएको छ ।

कतिपयलाई मेडिकल पेशाकर्मीलाई सघाउन र खानेकुरा डेलिभरी गर्नमा समेत परिचालन गरिएको छ । आवश्यक परेमा नेशनल गार्डलाई कानुन कार्यान्वयन इकाइका रुपमा समेत परिचालन गर्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com