घरमै बस्न आदेश दिइएका अमेरिकाका १२ राज्य : कहाँ के गर्न अनुमति छ ?


प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार

अहिलेसम्म अमेरिकामा ४१ हजार ५ सय ११ मा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । मृतकको संख्या पनि ५ सय पुगेको छ । यो अवस्थामा अमेरिकाका विभिन्न १२ राज्यमा सर्वसाधारणलाई घरभित्र बस्न आदेश दिइएको छ ।

क्यालिफोर्निया

गभर्नर गेभिन न्युसोमले गत विहिबार क्यालिफोर्निया राज्यमा यस्तो आदेश जारी गरेका थिए । अनिवार्य घरमा बस्न दिइएको आदेशपछि डाइन इन रेष्टुरेण्टहरु, बारहरु, जिम र कन्भेन्सन सेन्टरहरु बन्द गरिएका छन् ।

ग्रोसरी, फार्मेसी, ग्यास स्टेशन, फुड बैंक, कन्भिनेन्स स्टोर र डेलिभरी गर्ने रेष्टुरेण्टहरु खुला रहेका छन् । यो आदेशको कार्यान्वयनका लागि प्रहरी परिचालन गरिएको छैन । तर घरबाहिर निस्कनै पर्नेहरुलाई सामाजिक दूरी कायम गर्न सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क

गत शुक्रबार न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले अत्यावश्यक बाहेकका अन्य क्षेत्रमा काम गर्नेहरुलाई घरमै बस्न आदेश दिएका छन् । आइतबार बेलुकादेखि लागु भएको कार्यकारी आदेश अनुशार बन्द गर्न अवज्ञा गर्ने विजनेशहरुलाई जरिवाना गरिने उल्लेख छ ।

यस्तो जरिवाना व्यक्तिका लागि भने लागु हुनेछैन । तर गभर्नरले अनावश्यक रुपमा बाहिर ननिस्कन र जमघट नगर्न आदेश दिएका छन् । अत्वाश्यक काममा जानुपर्नेलाई सामाजिक दुरी कायम गर्न सुझाव दिइएको छ । ग्रोसरी स्टोर, खाना डेलिभरी र सार्वजनिक यातायात संचालनमा छन् ।

न्युजर्सी

न्युजर्सी राज्यमा पनि शनिबारदेखि घरभित्र बस्न आदेश दिइएको छ । गभर्नर फिल मर्फीले दिएको आदेशमा जमघट हुन प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक बाहेकका सबै विजनेशहरु बन्द गर्न आदेश दिइएको छ । फार्मेसी, रक्सी पसल, ग्रोसरी स्टोर, ग्यास स्टेशन भने खुला रहनेछन् ।

वेष्ट भर्जिनिया, ओहायो, मिसिगन, मासाचुसेट्स

त्यस्तै वेष्ट भर्जिनियाका गभर्नरले पनि मंगलबार बेलुका ८ बजेदेखि लागु हुनेगरी घरमै बस्न आदेश जारी गरेका छन् । त्यहाँपनि अत्यावश्यक बाहेकका विजनेश बन्द गर्न निर्देशन दिइएको छ । ओहायोमा सोमबार राती १२ बजेदेखि लागु हुनेगरी घरभित्रै बस्न आदेश दिइएको छ ।

मिसिगनमा पनि सोमबार राती १२ बजेदेखि घरभित्र बस्न आदेश दिइएको छ भने यो आदेश कम्तीमा तीनहप्ताका लागि जारी रहनेछ । मासाचुसेट्समा मंगलबार दिउसोदेखि लागु हुनेगरी अत्यावश्यकबाहेकका विजनेश बन्द गर्न निर्देशन दिइएको छ । अप्रिल ७ सम्मका लागि दिइएको उक्त आदेशमा १० जनाभन्दा बढी जम्मा हुन समेत प्रतिबन्ध लगाइएको छ ।

लुजियाना, इन्डियाना, इलिनोय, कनेक्टिकट, डेलावर

लुजियानामा सोमबारदेखि अप्रिल १२ सम्मका लागि घरभित्रै बस्न आदेश दिइएको छ । इन्डियानामा मंगलबार रातीदेखि अप्रिल ६ सम्मका लागि घरभित्र बस्न आदेश दिइएको छ ।

इलिनोयमा शनिबार बेलुकादेखि अप्रिल ७ सम्म घरभित्र बस्न आदेश दिइएको छ । तर सर्वसाधारणहरु ग्रोसरी स्टोर, फार्मेसी, अस्पताल, ग्यास स्टेशन लगायतका स्थानमा भने जान सक्नेछन् । डेलावरमा मंगलबार विहान ८ बजेदेखि मे १५ सम्मका लागि घरभित्र बस्न आदेश दिइएको छ ।

कनेक्टिकटमा सोमबार बेलुका ८ बजेदेखि लागु हुनेगरी घरभित्र बस्न आदेश दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com