कोरोना भाइरसविरुद्ध : ७० किसिमका औषधि परीक्षण हुँदै


प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार

कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने करिब ७० किसिमका औषधि वैज्ञानिकले छुट्याएका छन् । आइतबार राति एक अनुसन्धानकर्ता टोलीले ती औषधि सार्वजनिक गरेका हुन् ।

पहिलादेखि नै अन्य रोगहरूविरुद्ध प्रयोग हुँदै आएका केही औषधि पनि कोभिड–१९ उपचारमा प्रभावकारी हुने भन्दै परीक्षणका लागि छुट्याइएको छ । यसअन्तर्गत मलेरियाको उपचारमा प्रयोग हुँदै आएको क्लोरोक्वाइन पनि राखिएको छ।

कोरोना भाइरसको जिनमा अध्ययन गरिरहेका सयाैँ अनुसन्धानकर्ताहरूको टोलीले ७० किसिमका औषधिको लिस्ट तयार पारेका हाे। यो अध्ययन बायोआरएक्सआइभीमा प्रकाशित भएको छ।

फोक्सोमा संक्रमण गराउन कोरोना भाइरसले फोक्सोभित्रका कोषमा आफ्नो जिन प्रवेश गराउँछ। ती जिनले कोरोना भाइरसकै गुण बोकेका हुन्छन्। त्यसपछि कोषले ‘भाइरल प्रोटिन’को उत्पादन गर्न थाल्छ। भाइरल प्रोटिनले लाखौँ भाइरस उत्पादन हुन मद्दत गर्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रकाशित अध्ययनमा वैज्ञानिकहरूले २६ कोरोना भाइरसबाट २९ वटा जिनको अध्ययन गरेका छन् । जुन जिन भाइरल प्रोटिनको उत्पादनमा प्रयोग हुन्छ । कोरोना भाइरसले मानव शरीरमा पाइने तीन सय ३२ प्रोटिनलाई लक्षित गरेको अध्ययनले देखाएको छ।

केही भाइरल प्रोटिन (भाइरसको प्रोटिन अथवा भाइरस) ले मानव शरिरको एउटा प्रोटिनलाई मात्रै हानि गर्छ भने अन्य धेरै भाइरल प्रोटिनले मानव शरीरका दर्जनौँ प्रोटिनलाई क्षति गर्छ । तर, कोरोना भाइरस दर्जनभन्दा पनि बढी प्रोटिनमा असर गरेको पाइएको छ।

भाइरल प्रोटिन मानव शरीरको प्रोटिनमा टाँसिएर त्यहाँबाट थप लाखौँ भाइरस उत्पादन गर्छ। अनुसन्धानकर्ता टोलीले भाइरस प्रवेश गर्ने त्यहीँ प्रोटिनमा टाँसिने औषधिको खोजी गरेका हुन्।

अन्ततः खाद्य र औषधि प्रशासनमार्फत अनुमोदित भएका २४ किसिमका औषधि वैज्ञानिकहरूले पत्ता लगाएका हुन् । ती औषधिमा क्यान्सर, पार्किन्सन र हाइपरट्यान्सको उपचारका लागि प्रयोग गरिने औषधिसमेत रहेका छन्।

मलेरियाको उपचारमा प्रयोग हुने क्लोरोक्वाइनको प्रभावकारिता पनि राम्रो हुन सक्ने अनुसन्धानकर्ताको निष्कर्ष छ । क्लोरोक्वाइनले मलेरिया रोग लाउने एक कोषीय परजीवीलाई नष्ट गर्छ।

भाइरसले मानव शरीरमा पाइने ‘सिग्मा–१ रिसेप्टर’ प्रोटिनलाई पनि लक्षित गर्छ । क्लोरोक्वाइन मानव शरीरको ‘सिग्मा–१ रिसेप्टर’ प्रोटिनमा नै टाँसिने औषधि हो। त्यसकारण यो औषधि प्रभावकारी हुन सक्ने अनुसन्धानकर्ताले जनाएका हुन्।

पछिल्लो हप्ता क्लोरोक्वाइनको प्रभावकारिताबारे समाचार प्रकाशन हुँदै आइरहेका थिए। यसले केही सम्भावना बोकेको देखिएको छ। प्रभावकारी देखिएका औषधिहरु पूर्ण सुरक्षित रूपमा परीक्षणको अवस्थामा छन् ।
-एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com