चीन र इटलीपछि कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा, ३० हजार नाघे


प्रकाशित मिति : चैत्र ९, २०७६ आईतबार

चीन र इटलीपछि कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा पुष्टी भएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ ।

इटलीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५३ हजार ५ सय ७८ पुगेको छ । चीनमा कोरोना संक्रमितको संख्या ८१ हजार ५४ पुगेको छ । अमेरिकामा भने ३० हजार २३९ पुगेको छ ।

अमेरिकामा मृतकको संख्या पनि ३८८ पुगेको छ । न्युयोर्क राज्य एक्लैमा कोरोना संक्रमितको संख्या १५ हजार १ सय ६८ पुगेको छ । त्यसपछि वासिंटन राज्यमा १७९३ र क्यालिफोर्नियामा १५ सय ४३ पुगेको छ । न्युजर्सीमा संक्रमितको संख्या १३२७ पुगेको छ ।

आइतबार विहानसम्म न्युयोर्क सिटीमामात्र कोरोना संक्रमणबाट ६३ को मृत्यु भएको छ । न्युयोर्क सिटीभित्रमात्र ९ हजार ६ सय ५४ मा संक्रमण पुष्टी भएको छ । जसमध्ये बु्रकलिनमा २८५७, क्वीन्समा २७१५, म्यानहटनमा २०७२, ब्रोक्समा १४११ र स्टेटन आइल्याण्डमा ५९३ रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com