साढे ७ करोड अमेरिकनलाई घरभित्र बस्न आदेश


प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार

अमेरिकाभरका साढे ७ करोडलाई घरभित्र बस्न आदेश दिइएको छ । यो संख्या अमेरिकाको जनसंख्याको झण्डै २० प्रतिशत हो । कोरोनाको सक्रमण फैलिन नदिन विभिन्न राज्यहरुले यस्तो आदेश दिएका हुन् ।

कनेक्टिकट, इलिनोय, न्युयोर्क र क्यालिफोर्निया राज्यमा घरभित्र बस्न आदेश जारी गरिएको हो । इलिनोयका गर्भनरले यसलाई कडाईका साथ लागु गरिने बताएका छन् तर क्यालिफोर्नियाका गभर्नरले राज्यभरले प्रहरीले कार्यान्वयन गर्न नसक्ने बताएका छन् तर कनेक्टिकटका गभर्नरले अवज्ञा गर्नेलाई जेल र जरिवाना हुनसक्ने बताएका छन् ।

यसअगाडि संघीय सरकारले १० जनाभन्दा बढी भेला नहुन र सबैकाम कम्तीमा १५ दिन पछाडि सार्न सुझाव दिएको थियो । अमेरिकाका अरु राज्यहरुले पनि घरभित्र बस्न यस्ता आदेशहरु जारी गर्ने सम्भावना देखिएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या झण्डै २० हजार पुगेको छ भने मृतकको संख्या २७६ पुगिसकेको छ । न्युयोर्कमा मात्र ८ हजार ५ सय १५ जनामा संक्रमण पुष्टी भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com