कोरोना: इटालीमा एकै दिन ६२७ जनाको मृत्यु


प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार

मृत्यु हुनेको कुल संख्या ४ हजार ३२ पुग्याे

कोरोनाभाइरसको संक्रमणका कारण इटालीमा एकै दिन ६४७ जनाको मृत्यु भएको इटालीका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यो सहित इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ ।   एक महिनाअघि भाइरसको संक्रमण देखिएयता इटालीमा भयावह अवस्था सिर्जना भएको छ । चीनपछि सबैभन्दा बढी व्यक्तिको इटालीमा मृत्यु भएको छ भने संक्रमित व्यक्तिको संख्या पनि चीनपछि इटालीमै देखिएको छ । चीनमा करिब ३ हजार २५५ जनाको मृत्यु भएको थियो ।

इटालीको नागरिक सुरक्षा निकायका अनुसार इटालीमा कूल संक्रमितको संख्या ४७ हजार २१ पुगेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार यो संख्या करिब १४.६ प्रतिशतले वृद्धि भएको हो । इटालीको राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (आइएसएस) का अनुसार मृत्यु भएका व्यक्तिहरुको औसत उमेर ७८.५ वर्ष रहेको छ । मृत्यु भएकामध्ये सबैभन्दा कम उमेरका व्यक्ति ३१ वर्षका थिए भने सबैभन्दा बढी उमेरका व्यक्ति १०३ वर्षका थिए । त्यस्तै मृत्यु भएकामध्ये ४१ प्रतिशत ८० देखि ८९ वर्षका तथा ३५ प्रतिशत व्यक्ति ७० देखि ७९ वर्ष उमेरका थिए ।

इटालीमा जापानपछि विश्वमै सबैभन्दा बढी बुढ्यौली उमेरका व्यक्ति रहेका छन् । मुलुकको कूल जनसंख्याको करिब २३ प्रतिशतको उमेर ६५ वर्षभन्दा माथि छ । चिकित्सा विज्ञहरुको भनाईमा विश्वका अन्य भागको तुलनामा यहाँ मृत्युदर बढी किन भइरहेको छ भन्ने यही तथ्याँकले नै पुष्टी गर्दछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृत्यु भएका ३ हजार २०० व्यक्तिको सर्वेक्षणका आधारमा तयार पारिएको आइएसएसको प्रतिवेदनमा मृतकमध्ये ७०.६ प्रतिशत पुरुष र २९.४ प्रतिशत महिला रहेको उल्लेख छ । तुलनात्मक रुपमा कोरोना संक्रमित व्यक्तिको औसत उमेर ६३ वर्ष रहेको छ ।

अध्ययनमा समेटिएका ४८१ जना मृतक व्यक्तिको गहिरो विश्लेषण गर्दा झण्डै ९९ प्रतिशतमा एक वा त्योभन्दा बढी किसिमका रोगबाट पीडित भएको देखिएको छ । करिब ७३.८ प्रतिशत व्यक्तिमा उच्च रक्तचाप थियो भने ३४ प्रतिशतमा मधुमेह र ३०.१ प्रतिशतमा मुटुरोग थियो ।

अस्पतालमा भर्ना हुँदा ७६ प्रतिशतमा ज्वरो आएको थियो भने ७३ प्रतिशतलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । करिब ४० प्रतिशतमा खोकी थियो भने ८ प्रतिशत व्यक्तिमा झाडापखाला लागेको थियो ।  प्रतिवेदनमा औसत रुपमा रोगको लक्षण देखिएपछि ८ दिनभित्र मानिसको मृत्यु उल्लेख छ । यी मानिसहरु औसतमा चार दिनमात्र अस्पतालमा भर्ना भएको पाइएको छ ।   सर्वेक्षणमा समेटिएका ३ हजार २०० मृत्युमध्ये ९ जना मात्र ४० वर्षभन्दा मुनिका थिए । एएफपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com