श्रीलंकामा कर्फ्यु !


प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार

कोरोना भाइरसका कारण श्रीलंकाले देशभरि तीनदिने कर्फ्यु लगाएको छ । शुक्रबार साँझबाट लागू हुने गरी लगाइएको कर्फ्यु सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ ।  अत्यावश्यक सेवाका सवारीलाई मात्र चल्न दिइनेछ र त्यहाँका मस्जिद अनिश्चितकालका लागि बन्द गर्न निर्देशन दिइएको छ ।

त्यहाँ आगामी महिना हुने संसदीय निर्वाचन पनि स्थगित गरिएको छ । श्रीलंकामा पछिल्लो केही दिनमा संक्रमितको संख्या लगातार बढिरहेपछि यस्तो कदम चालिएको हो । त्यहाँ अहिलेसम्म ६० भन्दा बढीमा कोरोनाको संक्रमण देखिइसकेको छ ।  (एजेन्सी)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com