अहिलेसम्म अमेरिकामा १ लाख ३८ हजार बढीमा कोरोना परीक्षण, साढे १९ हजार संक्रमित


प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार

अहिलेसम्म अमेरिकामा १ लाख ३८ हजार ५ सय २१ जनामा कोरोना भाइरस परीक्षण गरिएको छ, जसमध्ये १९ हजार ४ सय ६९ मा संक्रमण पुष्टी भएको छ । परीक्षण गरिएकाहरुमध्ये १ लाख १८ हजार १ सय ४७ मा कोरोना भाइरस नेगेटिभ देखिएको छ ।

आज दिउसो ४ बजेसम्मको रिपोर्ट अनुशार यीमध्ये ३३ सय ३६ केसहरुको रिजल्ट आउन बाँकी रहेको छ । हरेक दिन कोरोना भाइरस परीक्षण गराउनेको संख्या उच्च दरमा बढेको छ । संक्रमणबाट अहिलेसम्म २ सय ५८ को मृत्यु भएको छ ।

दिउसो ४ बजेसम्मको रिपोर्ट अनुशार न्युयोर्कमा अहिलेसम्म झण्डै ३५ हजारमा कोरोना भाइरसको परीक्षण गरिएको छ । जसमध्ये ८ हजार ४ सय २ मा संक्रमण पुष्टी भएको छ । न्युयोर्कमा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको परीक्षण तीब्र पार्न देशहरुलाई अनुरोध गरेको छ । आँखा चिम्लेर बसेर कोरोना संक्रमणबिरुद्ध लड्न नसकिने भन्दै परीक्षण तीब्र पार्न अनुरोध गरेको हो ।

भारतले अहिलेसम्म जम्मा १४ हजार ५१४ जनाको कोरोना टेस्ट गरेको छ । जसमध्ये २३६ जनामा संक्रमण पुष्टी भएको जनाइको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com