कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो


प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार

विश्वमा कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । कोरोना सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ३३ पुगेको छ ।

अहिलेसम्म विश्वभर २ लाख ४४ हजार ९७३ कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमण देखिएकामध्ये ८७ हजार ४०८ उपचारपछि घर फर्किएका छन् भने उपचार गराइरहेका ७ हजार ५१६ जनाको अवस्था गम्भीर छ ।

चीनमा भन्दा इटालीमा बढी मृत्यु

अहिले काेराेना भाइरसकाे कारण इटालीमा चीनमा भन्दा पनि बढीकाे मृत्यु भएकाे छ । वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार अहिले इटालीमा काेराेना भाइरसकाे कारण ज्यान गुमाउनेकाे संख्या ३ हजार ४०५ पुगेकाे छ भने चीनमा ३ हजार २४५ रहेकाे छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लाे २४ घण्टामै इटालीमा ४२७ जनाकाे मृत्यु भएकाे छ भने ५ हजार ३२२ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता इटालीमा प्रत्येक दिन कोरोना भाइरसबाट ४ सयभन्दा बढीको मृत्यु हुने गरेको छ । बुधबार पनि इटाली ४७५ को मृत्यु भएको थियाे भने ४ हजार २७० जना नयाँ संक्रमित भेटिएका थिए ।

चीनमा भने मृत्युदर निकै कम भएर गएको छ । बुधबार चीनमा ८ जनाकाे मात्रै मृत्यु भएकाे थियाे भने १३९ जना नयाँ सक्रमित भटिएका थिए ।हालसम्म इटालीमा ४१ हजारभन्दा बढीलाई कोरोनाको संक्रमण भएको छ । तीमध्ये ४ हजार ४४० जना निको भएका छन् । ३३ हजार १९० जनामा कोरोना संक्रमित छन् । तीमध्ये २ हजार २५७ जनामा गम्भीर अवस्थामा रहेका छन् ।

काेरनाेकाे उद्गम स्थल चीनमा भने हालसम्म ८० हजार ९२८ संक्रमित भए पनि अहिले ७ हजार २२६ जना मात्रै कोरोना संक्रमित बाँकी छन् । ७० हजार ४२० जना भने पूर्ण रुपमा निको भइसकेका छन् ।

कोरोना भाइरसको बढी मृत्यु र संक्रमण भएको देशको तेस्रो नम्बरमा इरान र चौथो नम्बरमा स्पेन पर्छ । अहिलेसम्म इरानमा १ हजार २८४ मृत्यु भएको छ भने १८ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै स्पेनमा अहिलेसम्म ८३१ को मृत्यु भएको भने १८ हजारभन्दा बढी संक्रमित भएका छन् ।चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १६५ भन्दा बढी देशमा फैलिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com