अमेरिका र क्यानडाबीच नाका बन्द गर्ने सहमति


प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार

अमेरिका र क्यानडाबीच सीमानाका बन्द गर्ने सहमति भएको छ । अमेरिकाका राष्ट्रपति तथा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बढ्दो कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै दुई देशको सीमानाका बन्द गर्ने सहमति भएको हो । अत्यावश्यक बाहेकका अवस्थाका लागि उनीहरूले सीमानाका बन्द गर्ने सहमति गरेका हुन् ।

आपसी सहमतिमा दुई देशले अस्थायीरुपमा उत्तरी नाका बन्द गरेको अमेरिकाका राष्ट्रपति ट्रम्पले बताएका छन् । बुधबारको छलफलपछि दुबै देशले नाका बन्द गर्ने सहमति गरेका हुन् । यो सहमतिले दुबै देशबीचको व्यापारलाई भने कुनै असर नगर्ने बताइएको छ ।

क्यानडाको ७५ प्रतिशत निर्यात व्यापार अमेरिकासँग रहेको छ । दुवै देशबीच प्रतिदिन २ विलियन अमेरिकी डलर बराबरको सामान ओसारपसार हुने गरेको छ भने दैनिक २ लाख मानिसहरूको आवतजावत हुने गर्छ । मार्च यता दुवै देशमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ ।

अमेरिकामा हालसम्म काेराेना भाइरसबाट ८ हजार जनामा संक्रमण पुष्टि भएकाे छ भने १ सय ३८ जनाको ज्यान गइसकेको छ । यसैगरी क्यानडामा ५ सय ९८ जनालाई यसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भइसकेको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com