पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो ट्वीटर ह्यान्डलको नाम परिवर्तन गर्नुभएको छ । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड- १९) विरुद्ध सचेतना फैलउने पहल भन्दै उहाँले ट्वीटरमा नाम फेरेर नियमित हात धोऔँ राख्नुभएको हो ।
नाम फेरिएको बारे उहाँले एउटा ट्वीट नै गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहल : मेरो ट्वीटर नाम परिवर्तन गरेर ‘नियमित हात धोऔं/Wash your hands’ राखेको छु ।’
विज्ञका अनुसार भन्दै डा भट्टराईले थप्नुभएको छ, ‘नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो ।’ सोही कारण जनचेतना अभिवृद्धिमा सहयोग पुगोस् भनेर आफ्नो नाममा हात धोऔँ राखेको उहाँको भनाइ छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।