निशुल्क कोरोना भाइरस परीक्षण र तलबी विदाबारेको राहत प्याकेजमा अमेरिकी राष्ट्रपतिबाट हस्ताक्षर


प्रकाशित मिति : चैत्र ५, २०७६ बुधबार

निशुल्क कोरोना भाइरस परीक्षण र तलबी विदाबारेको राहत प्याकेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । यो प्याकेज आजै सिनेटबाट पारित भएको थियो । कोरोना भाइरसको संक्रमणबारेको यो राहत प्याकेज गत शनिबार अमेरिकी संसदको तल्लो सदनबाट पारित भएको थियो । सोमबार हाउसले यसमा केही परिवर्तन गरेको थियो । प्याकेजमा कोरोना प्रभावित अमेरिकनलाई तलबी विदा दिने र निशुल्क कोरोना परीक्षण गर्ने विषय समावेश गरिएको छ । बिजनेशहरुलाई खर्च कभर गर्नका लागि ट्याक्स क्रेडिट दिइने भएको छ ।

यो कामदारहरु क्वारेन्टाइनमा बस्नुपर्ने भएमा वा परिवारका सदस्यको हेरचाह गर्नुपर्ने भएमा तीनमहिनाको तलबी विदा लिनसक्नेछन् । यो प्योकजले वेरोजगारी सहायता पनि प्रदान गर्नेछ । अप्रिल १ देखि कामको मापदण्ड पूरा नगरेकाहरुले फुड स्ट्याम्प नपाउने नियम लागु हुन लागेकोमा उक्त नियम पनि लागु नहुने भएको छ ।

दुईदलीय समर्थन रहेको उक्त प्याकेजमा सिनेटमा ९० जनाले पक्षमा मतदान गरेका छन् भने ८ जनाले विपक्षमा मतदान गरेका छन् । हाउसमा बिलमा पक्षमा ३६३ मत खसेको थियो भने ४० जना रिपब्लिकनहले बिलको विपक्षमा मतदान गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एचआर ६२०१ नामको यो प्याकेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन जनाएका छन् । यो बिलले कोरोनाभाइरस परीक्षणमा आफ्नो निर्देशिकालाई अनुशरण गर्ने र प्रभावित अमेरिकन कामदारलाई तलबी विदाको सुविधा दिने ट्रम्पले बताएका छन् । उनले आजै यसमा हस्ताक्षर गर्ने भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com