अमेरिकामा कोरोना संक्रमणको मुख्य केन्द्र बन्यो न्युयोर्क सिटी, १३३९ लाई संक्रमण


प्रकाशित मिति : चैत्र ५, २०७६ बुधबार

अमेरिकामा कोरोना संक्रमणको मुख्य केन्द्र न्युयोर्क सिटी बनेको छ । न्युयोर्क राज्यको डिपार्टमेन्ट हेल्थले केहीबेर अगाडि सार्वजनिक गरेको तथ्यांक अनुशार न्युयोर्क राज्यमा २३८२ जना संक्रमित भएका छन्, जसमध्ये १३३९ न्युयोर्क सिटीभित्र छन् ।

अमेरिकाका अरु राज्यमा न्युयोर्क सिटी एक्लैको तुलनामा कम संक्रमित छन् । वासिंटन राज्यमा संक्रमितको संख्या १०१२ पुगेको छ भने क्यालिफोर्नियामा ६१२ पुगेका छन् । न्युजर्सीमा संक्रमितको संख्या ४२७ पुगेको छ ।

न्युयोर्क राज्यभित्र कहाँ कति संक्रमित ? हेर्नुहोस् डिपार्टमेन्ट अफ हेल्थले केहीबेर अगाडि सार्वजनिक गरेको विवरण ।

न्युयोर्कको अल्बानीमा ३६, डचेजमा २०, मुनरोमा १४, नासुमा १८३, ओरेन्जमा ३२, रकल्याण्डमा ३०, साराटोगमा १४, सफल्कमा ११६ र वेष्टचेस्टरमा ५३८ जनामा संक्रमण पुष्टी भएको छ । न्युयोर्कका ३३ सिटी र काउन्टीमा कोरोना संक्रमण पुष्टी भएको छ । न्युयोर्क राज्यमा कुल ६२ काउन्टी रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच न्युयोर्कका मेयर बिल ब्लाजिओले केहीदिनमा नै न्युयोर्कसिटीमा संक्रमितको संख्या १० हजार पुग्ने अनुमान गरेका छन् । न्युयोर्क सिटीमा रेष्टुरेण्ट र मनोरञ्जनस्थलहरु पहिले नै बन्द गरिएका छन् । विद्यालयहरु पनि सोमबारदेखि नै बन्द गरिएका छन् ।

अमेरिकाका ५० वटै राज्यमा कोरोना संक्रमण पुष्टी भएको छ । वर्ल्ड ओ मिटरको तथ्यांक अनुशार अमेरिकामा संक्रमितको संख्या ८०२० पुगेको छ । अमेरिकामा आजैमात्र १६०९ जना नयाँ संक्रमित थपिएका छन् भने मृतकको संख्या आजमात्रै १६ थपिंदा १२५ पुगेकोछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com