कोरोनाबिरुद्ध लडिरहेको अमेरिकाको युटाहमा ५ दशमलव ७ म्याग्नीच्युडको भूकम्प


प्रकाशित मिति : चैत्र ५, २०७६ बुधबार

अमेरिकाको युटाहमा ५ दशमलव ७ म्याग्नीच्युडको भूकम्प गएको छ । बुधबार विहान युटाहको साल्ट लेक क्षेत्रमा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु साल्ट लेक सिटीभन्दा १० माइल पश्चिममा रहेको जनाइएको छ ।

यो युटाहमा सन् १९९२ यताको सबैभन्दा ठूलो भूकम्प रहेको जनाइएको छ । त्यतीबेला ५ दशमलव ९म्याग्नीच्युडको भूकम्प गएको थियो ।

आजको भूकम्पका कारण त्यसक्षेत्रमा ४७ सय घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । भूकम्प लगत्तै कम्तीमा पनि ६ वटा पराकम्पहरु गएको जनाइएको छ ।

सामान्यतया युटाहमा हरेक १० बर्षमा ५ म्याग्नीच्युड भन्दा माथिको भूकम्प आउने गरेको छ । ६ म्याग्नीच्युड भन्दा माथिको भूकम्प हरेक ५० बर्षमा आउने गरेको युएस जीओलोजिकल सर्भेले जनाएको छ ।

भूकम्पका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । साल्ट लेक सिटी अध्यागमन अदालत खुल्नमा ढिलाई भएको छ ।

कोलोराडो, आइदाओ, नेभाडा लगायतका स्थानमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

कोरोना सक्रमणबिरुद्ध लडिरहेको राज्य युटाहमा अहिलेसम्म ५१ जनामा संक्रमण पुष्टी भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com