कोरोना संक्रमण : कुन ब्लड ग्रुपलाई बढी खतरा, कुनलाई कम ?


प्रकाशित मिति : चैत्र ५, २०७६ बुधबार

विश्वव्यापी फैलिरहेकाे काेराेना भाइरस अर्थात काेभिड-१९ ले ब्लड ग्रुप अनुसार संक्रमण गर्ने अनुसन्धानकर्ता निष्कर्ष निकालेका छन् । चीनको हुबेई प्रान्त जिनइंतान अस्पतालका अनुसन्धानकर्ताले मानिसको रगत समूहका आधारमा कोरोना भाइरसको संक्रमण फरक-फरक हुने निष्कर्ष निकालेका हुन् ।

ब्लड ग्रुप ए भएका मानिसमा कोरोनाको संक्रमण बढी र छिटाे हुने अध्ययनले देखाएकाे छ । साथै ब्लड ग्रुप ए भएका मानिसलाई काेराेना लागिसकेपछि पनि गम्भीर अवस्था हुने अध्ययनले देखाएकाे छ । ब्लड ग्रुप ओ भएका व्यक्तिहरुलाई संक्रमण थोरै हुने अध्ययनको निष्कर्ष छ ।

वुहान विश्वविद्यालय अस्पतालको सेन्टर फर एभिडेन्स बेस्ड एन्ड ट्रान्सलेसनल मेडिसिनको सहकार्यमा उक्त अनुसन्धान २,१७३ व्यक्तिमा अध्ययन गरिएकाे थियाे । यीमध्ये २०६ जनाको मृत्यु कोरोना भाइरसका कारण भएको थियो ।

डेली मेलकाे अनुसार २०६ जनाको रक्त समूह छुट्याउँदा ८५ जनाको रक्त समूह ए (Blood Group A) थियो भने ५२ जनाको रक्त समूह ओ (Blood Group O) थियो । अर्थात् रक्त समूह ए करिब ४१.२६ प्रतिशत र क्त समूह ओ करिब २५ प्रतिशत मानिसको मृत्यु भयो। उनीहरु हुबेई प्रान्तका तीन अस्पतालमा भर्ना थिए ।

ब्लड ग्रुप एका मानिसहरूले संक्रमण नहोस् भनेर व्यक्ति सावधानीमा धेरै नै ध्यान दिनु जरूरी भएकाे र यो रक्त समूहका बिरामीलाई उपचारका क्रममा पनि विशेष निगरानी गर्नुपर्ने पनि अनुसन्धानकर्ताहरूले बताएका छन् ।

अहिलेसम्म यो अनुसन्धानको रिभ्यू भएको छैन तर चीन तियानजिनस्थित स्टेटको ल्याबोरेटरी अफ एक्सपेरिमेन्टल हिम्याटोलोजीका वैज्ञानिक गाओ यिंगदाईले यो अनुसन्धानले यो रोगको उपचार खोज्न मद्दत गर्ने बताएका छन् ।
एजेन्सी,

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com