दक्षिण–पूर्वी एसियामा कोरोना नियन्त्रणका लागि तत्काल कदम चाल्न डब्ल्यूएचओको चेतावनी


प्रकाशित मिति : चैत्र ५, २०७६ बुधबार

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दक्षिण–पूर्वी एसियामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न आवश्यक रहेको बताएको छ ।

यसअघि कोरोना माहामारीको केन्द्र युरोप भएको बताएको डब्ल्यूएचओले एसिया पनि सङ्कटमा पर्दै गएको भन्दै दक्षिण–पूर्वी एसियामा तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने बताएको बीबीसीले जनाएको छ ।

नेपाल सहित एसियाका थाइल्याण्ड, इन्डोनेसिया, भारत, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश र भुटानमा कोरोनाको सङ्क्रमण यसअघि भेटिएकाले रोकथामको लागि तत्काल कदम चाल्न डब्ल्यूएचओले चेतावनी देएको हो ।

अहिलेसम्म दक्षिण–पूर्वी एसियाका आठ देशमा कोरोनाको सङ्क्रण देखिएको छ । नेपालमा एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भए पनि उनी पूरै निको भएको पनि डब्ल्यूएचओले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै थाइल्याण्डमा एक सय ७७, इन्डोनेसियामा एक सय ३४, भारतमा एक सय २५, श्रीलङ्कामा १९, माल्दिभ्समा १३, बङ्गलादेशमा पाँच र भुटानमा एक जनामा सङ्क्रमण देखिएको छ ।

सङ्क्रमण फैलिने क्रम तीव्र बनेको छ । थप अन्य व्यक्तिमा सङ्क्रमण हुन नदिन तत्काल पहल गर्नुपर्छु, विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक डाक्टर पूनम क्षेत्रपाल सिंहले भनिन् ।

यसैबीच युरोपियन युनियन (ईयू) ले आफ्नो सदस्य राष्ट्रबाहिरका देशहरुको लागि ३० दिनको प्रतिबन्ध लगाएको छ । चीनको वुहानबाट सुरु भएको कोरोनाको सङ्क्रमण चीनमा नियन्त्रणतिर गइरहेको बेला विश्वका अरु देशमा फैलने क्रम तीव्र बनेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

अहिलेसम्म एक सय ६५ देश एक लाख ९८ हजार चार सय २२ जनामा सङ्क्रमण भएकोमा ८२ हजार सात सय ६२ जना उपचारपछि निको भएका छन् । सात हजार ९ सय ८७ जनाको ज्यान गइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com