भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो


प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार

भारतमा कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार मंलबार राति एक जनाको मृत्यु भएसँगै भारतमा मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

कोरोना भाइरस उद्गम स्थल चीनमा संक्रमण दर घट्दै गइरहेको बेला विश्वको अन्य मुलुकमा भने बढ्दै गएको छ । पछिल्लो २४ घण्टाभित्र मात्रै विश्वभर ८ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

अहिलेसम्म विश्वव्यापी रूपमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ९६५ पुगेको छ भने कोरोना सङ्क्रमित व्यक्तिको संख्या १ लाख ९६ हजार नाघिसकेको छ ।

हालसम्म विश्वव्यापी रूपमा कोरोनाबाट संक्रमितमध्ये ८१ हजार ७ सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् भने ७ हजारभन्दा बढी जटिल अवस्थामा छन् । गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका १ सय ६५ भन्दा बढी मुलुकमा फैलिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com