सबै अमेरिकन बयस्कलाई १ हजार डलर दिनुपर्ने सिनेटर मिट रोम्नीको प्रस्ताव


प्रकाशित मिति : चैत्र ३, २०७६ सोमबार

कोरोना संक्रमणबाट उत्पन्न आर्थिक अवस्थासँग जुध्न रिपब्लिकन सिनेटर मिट रोम्नीले हरेक अमेरिकी बयस्कलाई एकहजार डलर दिने प्रस्ताव गरेका छन् । काम गर्ने अमेरिकनको आर्थिक स्थायीत्वका लागि रोम्नीको कार्यालयले रुपरेखा तयार गरेको छ ।

अमेरिकी संसदले सन् २००१ र सन् २००८ को आर्थिक मन्दीका बेलामा पनि यस्तै व्यवस्था गरेको रोम्नीले जनाएका छन् । त्यसका अतिरिक्त रोम्नीले प्रभावित साना विजनेशहरुलाई सहयोग उपलब्ध गराउने पनि प्रस्ताव तयार पारेका छन् ।

पूर्व अमेरिकी राष्ट्रपति जर्ज बुसका आर्थिक सल्लाहकार ग्रेक म्यानक्वुले रोम्नीको रुपरेखाको स्वागत गरेका छन् । उनले आफू भएको भए हरेक अमेरिकनलाई तुरुन्तै एकएकहजार अमेरिकी डलर सहयोग गरिसक्ने बताएका छन् ।

यसरी हरेक अमेरिकनलाई एकएकहजार डलर दिंदा कुल रकम ३५० बिलियन हुने पूर्व राष्ट्रपति बराक ओबामाका सल्लाहकार ज्यासन फुर्मानले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ४६६३ पुगेको छ भने ८६ जनाको मृत्यु भएको छ । आजै ९८३ मा संक्रमण देखिएको हो भने १८ जनाको मृत्यु भएको हो ।

मेरिल्याण्डमा आज बेलुका ५ बजेदेखि रेष्टुरेण्ट बन्द गरिएको छ । मेरिल्याण्ड गभर्नर ल्यारी होगनले सोमबार बेलुकादेखि रेष्टुरेण्ट, बार, ठूला जमघट बन्दको घोषणा गरेका हुन् । तर रेष्टुरेण्टहरुले डेलिभरी, टेकआउट र ड्राइभ थु्र अफर गर्नसक्ने जनाइएको छ ।

मेरिल्याण्ड राज्यमा पनि ५० भन्दा धेरै व्यक्ति एकठाउमा जमघट हुन प्रतिबन्ध लगाइएको छ । मनोरञ्जन र धार्मिक प्रयोजनका लागि समेत यस्तो जमघटमा प्रतिबन्ध लगाइएको छ ।

यो कार्यकारी आदेश अनिवार्य कार्यान्वयन गर्नुपर्ने गभर्नरले बताएका छन् । मेरिल्याण्डमा कोरोना संक्रमितको संख्या ३७ पुगिसकेको छ ।

 ५० जनाभन्दा धेरै व्यक्ति भेला हुन प्रतिबन्ध

न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा ५० जनाभन्दा धेरै व्यक्ति एकै स्थानमा भेला हुन प्रतिबन्ध लगाइएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमो, न्युजर्सीका गभर्नर फिल मर्फी र कनेक्टिकटका गभर्नर नेड लामोन्टले यस्तो घोषणा गरेका हुन् ।

यी तीन वटै राज्यहरुमा जीमखाना, क्यासिनो र सिनेमाघरहरु बन्दको घोषणा गरिएको छ । यी सबै आज बेलुका ८ बजेदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

यसैबीच न्युजर्सीमा कर्फयु आदेश जारी गरिएको छ । त्यहाँका बासिन्दाहरुलाई अब बेलुका ८ बजेदेखि विहान ५ बजेसम्म यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।

न्युजर्सीका गभर्नर फिल मर्फी यस्तो आदेश जारी गरेका हुन् । अत्वाश्यकबाहेकका अन्य काममा अब स्थानीयबासिन्दाहरु घरबाहिर निस्कन नपाउने जनाइएको छ ।

यो प्रतिबन्धबाट कस्तो प्रभाव पर्नेछ भन्ने अहिले नै आकलन गर्न मुस्किल रहेको छ । खासगरी बेलुका ८ बजेपछि काम गर्नेहरुलाई यसले पार्ने प्रभावको आकलन अहिले नै गर्न कठिन छ ।

 

अमेरिकाको लस एन्जलसका रेष्टुरेण्ट, सिनेमाघर र बार मार्च ३१ सम्म बन्द गरिएको छ । त्यहाँका मेयर एरिक ग्रासेटीले कोरोना संक्रमणबिरुद्ध लड्न यस्तो कदमको घोषणा गरेका हुन् । आइतबार रातीदेखि नै लस एन्जलसका रेष्टुरेण्ट, सिनेमाघर र बार लगायत बन्द गरिएको छ ।

त्यस्तै  मंगलबारदेखि न्युयोर्कका कैयन रेष्टुरेण्ट र बारहरु बन्द हुने भएका छन् । न्युयोर्कमा मंगलबारदेखि ५० हजार भन्दा धेरै रेष्टुरेण्टहरु बन्द हुने भएका छन्, जहाँ ८ लाख कामदारहरु काम गर्छन् । न्युयोर्कका मेयर बिल ब्लाजिओले भोलि यसबारे एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने भएका छन् । जस अनुशार मंगलबार विहान ९ बजेदेखि न्युयोर्कका टेकआउट र डेलिभरीबाहेकका रेष्टुरेण्ट र बारहरु बन्द हुने भएका छन् ।

त्यस्तै सिनेमाघर, कन्सर्टस्थल, नाइटक्लब, थियटरहरु पूर्णरुपमा बन्द गरिने भएको छ । आफूले यो निर्णय हलुका रुपमा नगरेको बरु न्युयोर्कले कोरोना भाइरसको कारण भोग्नुपरेको अवस्थाले बन्द गर्नुपरेको उनले बताएका छन् ।

न्युयोर्कका मेयरले सोमबारदेखि विद्यालयहरु बन्दको घोषणा गरका थिए ।  मेयर  ब्लाजिओले भोलिदेखि अप्रिल २० सम्मका लागि न्युयोर्क सिटीका विद्यालयहरु बन्दको घोषणा गरेका छन् । न्युयोर्कमा विद्यालय बन्दको घोषणा नगर्दा शिक्षक र अभिभावकबाट मेयर ब्लाजिओले आलोचनाको सामना गर्नुपरेको थियो ।

मार्च २३ बाटै विद्यार्थीहरुलाई टाढैबाट सिकाउने प्रकृयाको सुरुवात हुनसक्ने मेयर ब्लाजिओले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com