पोर्चुगलमा एक नेपालीमा कोरोना संक्रमणपछि संगै काम गर्ने ७४ नेपाली क्वारेन्टाइनमा


प्रकाशित मिति : चैत्र ३, २०७६ सोमबार

पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एक जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण फैलन नदिन उनीसंगै काम गर्ने र उनको सम्पर्कमा भएका ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ। एकजना बाहेक अरु नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छैन ।

स्थानीय स्वास्थ्य प्रतिनिधि र विदेशी र सीमा हेर्ने निकाय सेफको खोजीमा त्यहाँ बस्ने नेपालीहरुलाई भेला गराइएको थियो । आइतबार बेलुकी उनीहरुलाई इन्सिनो ब्यासिको २ ३ सान्टो आन्तोनिउ फारोमा राखिएको छ ।

नेपालीहरुलाई राखिएको क्वारेन्टाइनमा टेबल, कुर्सी र बेडहरु राखिएको जनाइएको छ । त्यहाँ उनीहरुको कोरोना परीक्षण समेत गरिनेछ । त्यहाँ उनीहरुलाई कम्तीमा १४ दिन राखिने भएको छ । सबै नेपालीहरु एउटै कम्पनीमार्फत कृषिमा काम गर्दै आएको स्थानीय सञ्चारमाध्यममा जनाइएको छ ।

अहिलेसम्म पोर्चुगलमा ३३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आजमात्रै थप ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमणको आशंकामा त्यहाँका राष्ट्रपति समेत क्यारेन्टाइनमा रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोर्चुगलको सरकारले कोरोना संक्रमणसँग जुध्न देशब्यापी स्टेट अफ अलर्ट जारी गरेको छ । सोमबारदेखि पोर्चुगलमा सबै विद्यालय र विश्वविद्यालयहरु बन्द भएका छन् । स्टेट अफ अलर्ट विगतमा आगलागीका बेलामा र इन्धन आपूर्तिमा अवरोधका बेलामा जारी गरिएको थियो ।

कोरोना फैलिने मुख्य माध्यम हात, उपलब्ध भएसम्म सेनिटाइजर होइन साबुन पानीको प्रयोग गर्न सुझाव

पोर्चुगलका राष्ट्रपति केहीदिनदेखि सेल्फ क्वारेन्टाइनमा रहेका छन् । पोर्चुगलमा सकभर सबैकामहरु रद्द गरेर घरभित्रै बस्न भनिएको छ ।

पोर्चुगलमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा त्यहाँ रहेका नेपालीहरुमा पनि त्रास बढेको छ । युरोपका देशहरुमध्ये पोर्चुगलमा नेपालीहरुको संख्या उल्लेख्य रहेका कारण उनीहरु काममा जान समेत त्रसित हुन थालेका छन् ।

विमानमा यात्रा गर्दै हुनुहुन्छ ? यसरी रहनुहोस् कोरोनाबाट सुरक्षित

 

कोरोना भाइरसबारे ५ हल्ला र सत्यकुरा : लिसा मारागाकिस, बरिष्ठ निर्देशक, जोन हप्किन्स मेडिसिन

फ्याक्ट चेक : यसरी फैलिन्छ कोरोना भाइरस, मास्क लगाउने र अन्यले अपनाउनुपर्ने सावधानी

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com