अमेरिकाद्वारा जापानका लागि नयाँ राजदूत नियुक्त


प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका लागि नयाँ अमेरिकी राजदूत नियुक्त गरेका छन् । उनले विचारक तथा विज्ञहरुको पूरानो संस्था होड्सन इन्टिच्यूडका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रहेको केन्नेथ विइनस्टेनलाई राजदूतमा नियुक्त गरेका हुन् ।

उनले यसअघि अमेरिकी व्यापार नीति र सम्झौता समितिका सल्लाहकारको रुपमा पनि काम गरेका थिए । केन्नेथको नियुक्तिलाई अमेरिकी माथिल्लो संसद सिनेटले पारित गर्नुपर्ने व्यवस्था छ । जापानका लागि अमेरिकी राजदूतको पद गत जुलाइदेखि खाली रहेको थियो । तत्कालिन राजदूत विलियम हर्गर्टीले राजिनामा दिएपनि खाली भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com