कोरोना संक्रमणबाट भारतमा २ जनाको मृत्यु


प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार

भारतमा कोरोना भाइरसको संक्रमणका थप एक जनाको मृत्यु भएको छ । शुक्रबार भारतको राजधानी नयाँ दिल्लीको पश्चिमी क्षेत्रमा एक ६८ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ । यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ पुगको छ ।

समाचार एजेन्सी पीटीआईले दिल्ली सरकार र स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ कि मृतक महिलालाई कोरोनाभाइरस (कोभिड १९) को संक्रमण थियो ।

दिल्लीको आरएमएल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले कोभिड १९ को संक्रमण र अन्य स्वास्थ्य समस्याका कारण ती महिलाको मृत्यु भएको पुष्टि गरेका छन् । उनी यसअघि मधुमेह र उक्त रक्तचापकी बिरामी समेत रहेको जनाइएको छ । भारतमा कोरोना भाइरसबाट संकमितको संख्या ८२ पुगेको छ । जसमा ८ जनामा नयाँ संक्रमण देखिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com