अष्ट्रेलियाका गृहमन्त्री कोरोनाबाट  संक्रमित 


प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार

अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

शक्रबार जारी गरेको विज्ञप्तिमा डटनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएका हुन् । ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि उनले स्वास्थ्य परीक्षण गरेको बताएका छन् ।

‘आज बिहान म उठ्दा ज्वरो आएको र घाँटी दुखेको थियो । मैले तत्कालै क्विन्सल्यान्डको स्वास्थ्य विभागमा सम्पर्क गरेर स्वास्थ्य परीक्षण गरे’ उनले भने । क्विन्सल्यान्डका अधिकारीले अस्पताल भर्ना हुन सल्लाह दिएको पनि मन्त्री डटनले बताएका छन् ।

‘अहिले म ठिक छु र आफ्नो स्वास्थ्य अवस्थाबारे अपडेट गराउनेछु’ डटनले थपेका छन् । त्यहाँकाे स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । १ सय ६० जनामा संक्रमण देखिएको छ । २६ जना निको भइसकेको छ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com