चीनको आरोप : अमेरिकी सेनाले कोरोना वुहानमा भित्र्याए


प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार

चीनमा कोरोना भाइरस कोभिड १९ को कारक चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी सेना भएको बताउनुुभयो ।

उहांले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् ‘अमेरिकामा कोरोना भाइरसको पहिलो संक्रमित कहिले भेटियो? कतिजना संक्रमित भए र? अस्पतालका नाम के हुन् ? झाओले उक्त महामारी ऊहानसम्म ल्याइपुर्‍याउन अमेरिकी सैनिकको भूमिका हुनसक्ने अनुमान गर्नुभएको हो ।

शुक्रबार बिहान चाओले क्यानडेली कन्सपाइरेशन वेबसाइटले उल्लेख गरेअनुसार कोरोना भाइरस चीनको समुद्री खानाबाट नफैलिएको बताउनुभएको छ । आधिकारिक एकाउन्टबाट ट्वीट गर्दै ‘पारदर्शी हुनुहोस् आफ्नो तथ्याङ्क सार्वजनिक गर्नुहोस् अमेरिका, हामीलाई विस्तृत विवरण चाहियो,’ उहांलेले लेख्नुभएको छ।

यस विषयमा चीनस्थित अमेरिकी दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन । गत अक्टोबरमा चीनको वुहानमा इन्टरनेशनल मिलिटरी वर्ल्ड गेम्स आयोजना गरिएको थियो, यसमा अमेरिकी सेनाले पनि भाग लिएको थियो । अहिले लगाइएको आरोप सोही प्रतियोगितासँग जोडिएको बताइएको छ ।गत डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक यो भाइरस पाइएको थियो ।

अहिले यसको संक्रमण विश्वका १२४ मुलुकमा फैलिसकेको छ । संसारभरी कोरोनाका १ लाख ३४ हजार ७ सय ६८ व्यक्ति संक्रमित छन् भने ४ हजार ९ सय ८३ को मृत्यु भइसकेको छ । कोरोना भाइरसलाई रासायनिक प्रयोगकशालामा जैविक हतियारको रुपमा प्रयोग गर्न बनाइएको हल्ला पनि फैलिएको थियो । तर, यो हल्ला निराधार रहेको वैज्ञानिकहरुले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com