कोरोना भाइरस : विश्व स्वास्थ्य संगठनद्धारा महामारी घोषणा


प्रकाशित मिति : फाल्गुन २९, २०७६ बिहीबार

विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड–१९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी महामारी घोषणा गरेको छ । डब्लुएचओले पत्रकार सम्मेलनमार्फत् कोरोनाको विश्वव्यापाी महामारीको घोषणा गर्दै यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेको हो । संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सचेत हुन आग्रह गर्नुभएको छ । कोरोना भाइरस नियन्त्रणको लागि आक्रामक निर्णय लिन समेत सबै देशका सरकारलाई आग्रह समेत गनुभयो ।

अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलनबाट रोक्न युरोपबाट अमेरिकामा गरिने सबै यात्रामा प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि ३० दिनसम्म लागु हुने गरी युरोप–अमेरिका यात्रामा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको हो । यो कडा र अत्यावश्यक प्रतिबन्ध बेलायतमा भने लागु नहुने राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।

छिमेकी भारतले पनि विदेशबाट भारत जाने भिसामा प्रतिबन्ध लगाएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोक्नको लागि आउँदो १५ अप्रिलसम्म सबै भिसा निलम्बित गर्ने फैसला गरेको हो । प्रवासी भारतीय नागरिकलाई दिइने भिसामुक्त यात्राको सुविधामा पनि १४ अप्रिल २०२० सम्म प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्ध सबै विमानस्थल र बन्दरगाहमा १३ मार्च २०२० को मध्यरातदेखि लागु हुनेछ । भारतले कुटनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो ।

यसैबीच, भारतको उत्तरप्रदेशस्थित लखनउमा पनि कोरोना भाइरसको एक जना संक्रमित फेला परेको भारतीय संचार माध्यमले जनाएका छन् । क्यानडाबाट आफन्त भेट्न लखनउ पुगेकी महिलालाई कोरोना भाइरस पोजेटिभ देखिएको किंङ जर्ज मेडिकल विश्वविद्यालयले जनाएको छ । भारतमा संक्रमितको संख्या बुधबारसम्म ६१ रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायतमा चार सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने आठ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ३८ जनाको ज्यान गएको छ भने एक हजार तीन सय २२ जनामा संक्रमण भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस विश्वभरको दुश्मन भएको भन्दै यसलाई चाँडो नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । युरोपको इटली, फ्रान्स, स्पेन, जर्मनी, स्वीजरल्याण्ड, नर्वे लगायतका देशमा कोरोनाको संक्रमण तीव्र बनेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com