शुक्रबार मध्यरातदेखि युरोपका २६ देशबाट अमेरिका आउनमा प्रतिबन्ध


प्रकाशित मिति : फाल्गुन २८, २०७६ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ढ ट्रम्पले राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै ३० दिनका लागि युरोपबाट अमेरिका आउने जाने सबै यात्रामा प्रतिबन्धको घोषणा गरेका छन् । तर यो प्रतिबन्ध बेलायतका सन्दर्भमा भने लागु नहुने ट्रम्पले घोषणा गरेका छन् । लगत्तै अमेरिकी सरकारले यो प्रतिबन्ध युरोपका २६ शेंगेन देशहरुका लागिमात्र रहेको स्पष्ट पारेको छ ।

२६ युरोपियन देशबाट अमेरिका आउनमा प्रतिबन्ध : कसकसलाई दिइयो छुट ?

यो प्रतिबन्ध शुक्रबार राती मध्यरातबाट लागु हुने भएको छ ।  उपयुक्त जाँच पार गरेका केही निश्चित अमेरिकनका सन्दर्भमा भने यो प्रतिबन्ध लागु नहुने ट्रम्पले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै राष्ट्रपति ट्रम्पले ओभल अफिसबाट सम्बोधन गर्दै कोरोनाभाइरसबाट प्रभावित अमेरिकीहरूलाई आपतकालीन आर्थिक राहत प्रदान गर्ने घोषणा गरेका छन् । कोरोनाप्रभावित अमेरिकनहरु कुनै आर्थिक समस्याविना रहनसक्ने वातावरण निर्माणका लागि आपतकालिन निर्णय लिन लागेको समेत ट्रम्पले बताएका छन् ।

यो सहयोग कोरोनाका कारण बिरामी भएका, क्वारेन्टीनमा रहेका वा अरुको हेरचाहमा लागेकाहरुका लागि लक्ष्यित हुने ट्रम्पले बताएका छन् । यस्तो सहायताका लागि कदम चाल्न ट्रम्पले संसदलाई आग्रह समेत गरेका छन् ।

युरोपका २६ देशबाट अमेरिका आउनमा प्रतिबन्ध, ती देशको भ्रमण गरेका अन्य देशकालाई पनि रोक

अहिले अवस्था कुनै आर्थिक संकट नभएको र अस्थायी भएको समेत ट्रम्पले बताएका छन् । कोरोनाबाट प्रभावित साना ब्यापारहरुलाई आर्थिक ऋण उपलब्ध गराइने समेत ट्रम्पले घोषणा गरेका छन् । अत्यन्तै कमदरमा दिइने यस्तो ऋणले साना ब्यापारलाई आर्थिक व्यवधानसँग जुध्न सहयोग गर्ने ट्रम्पको विश्वास रहेको छ ।

अहिलेसम्म विश्वभर १ लाख २६ हजार १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये ४६ सय २७ को मृत्यु भइसकेको छ ।

शुक्रबार मध्यरातदेखि युरोपका २६ देशबाट अमेरिका आउनमा प्रतिबन्ध

अमेरिकामा अहिलेसम्म १३०५ मा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये ३८ जनाको मृत्यु भएको छ । आजै अमेरिकामा थप ३११ मा कोरोना संक्रमण पुष्टी भएको छ भने ८ जनाको मृत्यु भएको छ ।

Proclamation : Suspension of Entry from 26 European Countries to US (Full Text)

वासिंटन राज्यमा कोरोना संक्रमितको संख्या ३३५ पुगेको भने न्युयोर्कमा २१३ पुगेको छ । त्यस्तै क्यालिफोर्नियामा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ । वासिंटन राज्यमा मात्र मृतकको संख्या २९ पुगेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com