२६ युरोपियन देशबाट अमेरिका आउनमा प्रतिबन्ध : कसकसलाई दिइयो छुट ?


प्रकाशित मिति : फाल्गुन २८, २०७६ बुधबार

अमेरिकी सरकारले युरोपको २६ देशबाट अमेरिका आउनमा प्रतिबन्ध लगाएको छ । साथै ती देशको गरेका विश्वका सबै देशका नागरिकहरुलाई अमेरिका आउनमा प्रतिबन्ध लगाएको छ । अमेरिका आउनुभन्दा १४ दिनको बीचमा युरोपका शेंगेन क्षेत्रको भ्रमण गरेका सबै विदेशी नागरिकहरुलाई अमेरिका आउनमा प्रतिबन्ध लगाइएको हो ।

तर केही व्यक्तिलाई भने यो प्रतिबन्धबाट छुट दिइएको छ । अर्थात् उनीहरुलाई विगत १४ दिनभित्र ती देशको भ्रमण गरेको भएपनि अमेरिका आउन दिइनेछ । अमेरिकी नागरिकलाई यस्तो प्रतिबन्ध लाग्नेछैन । अमेरिकी नागरिकबाहेक यस्तो छुट पाउनेहरुमा पहिलो नम्बरमा अमेरिकाका ग्रिनकार्डवाहकहरु रहेका छन् ।

त्यस्तै अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकका दम्पत्तिलाई पनि यस्तो प्रतिबन्ध लाग्नेछैन । २१ बर्ष मुनीका अविवाहित ग्रिनकार्डवाहक र नागरिकका अभिभावक वा बाबुआमामाथि पनि यस्तो प्रतिबन्ध लाग्नेछैन ।

त्यस्तै २१ बर्ष मुनीका अविवाहित ग्रिनकार्डवाहक र नागरिकका दाजुभाईदिदीबहिनीमाथि पनि यो प्रतिबन्ध लाग्नेछैन । अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकका बच्चा, पालनपोषण गरेका बच्चा, धर्मसन्तानका रुपमा अमेरिका आउन लागेकाहरुमाथि पनि यस्तो प्रतिबन्ध लाग्नेछैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै कोरोना भाइरसको संक्रमण कम गर्न अमेरिकी सरकारको निमन्त्रणामा आउन लागेकाहरुमाथि पनि यो प्रतिबन्ध लाग्नेछैन । विमान वा पानीजहाजका क्रु मेम्बरका रुपमा अमेरिका आउनेहरुलाई पनि यो प्रतिबन्ध नलाग्ने भएको छ ।

विदेशका सरकारी अधिकारीहरु र उनीहरुका परिवारका सदस्यहरुमाथि पनि यो प्रतिबन्ध लाग्नेछैन । त्यस्तै नाटो क्याटेगोरीमा भिसा पाउनेहरुलाई र संयुक्त राष्ट्रसंघको मुख्यालय सममति अनुरुप भिसा पाउनेहरुलाई पनि यो प्रतिबन्ध लाग्नेछैन ।

अमेरिकी स्वास्थ्यमन्त्रीले कुनै व्यक्तिले अमेरिकामा भाइरस नफैलाउने कुरा सीडीसी निर्देशकमार्फत ठहर गरेमा त्यस्तो व्यक्तिमाथि पनि प्रतिबन्ध लगाइनेछैन । अमेरिकी सरकारले कानुन कार्यान्वयनका लागि महत्वपूर्ण ठानेका व्यक्तिलाई पनि प्रवेशमा रोक लगाइनेछैन ।

अमेरिकाको राष्ट्रिय हितमा ठहर गरिएकाहरुलाई पनि प्रतिबन्ध लगाइनेछैन । साथै अमेरिकी सेना र उनीहरुका दम्पत्ति तथा छोराछोरीहरुलाई पनि प्रतिबन्ध लाग्नेछैन ।

अमेरिकी सरकारको यो घोषणाले एसाइलमका योग्यतामा कुनै असर नपर्ने जनाइएको छ । साथै अमेरिकाबाट देशनिकाला हुनबाट बच्ने राहतका लागि पनि यो घोषणाले कुनै असर गर्नेछैन ।

अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रिस, हंगेरी, आइसल्याण्ड, इटली, लाटभिया, लिचेतेनिस्तान, लिथुआनिया, लक्जेम्बर्ग, माल्टा, नेदरल्याण्डस, नर्वे, पोल्याण्ड, पोर्चुगल, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्वीडेन र स्वीट्जरल्याण्डको भ्रमण गरेका विदेशी नागरिकलाई पनि अमेरिकामा प्रतिबन्ध लगाइएको हो ।

गत जनवरी र फरबरीमा अमेरिकाले चीन र इरानका सन्दर्भमा पनि यस्तै प्रतिबन्धको घोषणा गरेको थियो, जुन अहिलेसम्म कायम रहेको छ ।

आगामी ४८ घण्टाभित्र अमेरिका सरकारले यसबारेमा थप निर्देशिकाहरु जारी गर्ने भएको छ । शेंगेन क्षेत्रमा गएका अमेरिकी यात्रुहरुलाई छनौट गरिएका विमानस्थलबाट यात्रा गर्नसक्नेबारे पुरक सुचना जारी गरिने भएको छ ।

यो प्रतिबन्ध अमेरिकी राष्ट्रपति ट्रम्पले अर्को आदेश जारी नगर्दासम्मका लागि लागु हुने भएको छ । पहिले नै अमेरिका आउनका लागि बाटोमा रहेकाहरुका सन्दर्भमा भने यो प्रतिबन्ध लागु नहुने जनाइएको छ । शुक्रबार राती ११ बजेर ५९ मिनेटजाँदादेखि यो प्रतिबन्ध लागु हुने भएको छ ।

यो प्रतिबन्ध शेंगेन क्षेत्रमा रहेका २६ युरोपियन देशहरुका सन्दर्भमा लागु हुने भएको छ । यसअगाडि ट्रम्पले गरेको सम्बोधनमा बेलायत बाहेक युरोपका सबैदेशहरु भनिएपनि लगत्तै सार्वजनिक गरिएको सुचनामा शेंगेन क्षेत्रमा पर्ने देशहरुमात्र रहेको स्पष्ट पारिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com