कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएपछि पूरै इटाली लकडाउन


प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार

कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएपछि पूरै इटाली लकडाउन गरिएको छ । इटालीका प्रधानमन्त्री ज्युसेपे कोन्टेले सोमबार एक पत्रकार सम्मेलनमा पूरै इटाली लकडाउनको घोषणा गरेका हुन् ।

नागरिकहरुको र विशेष गरी सबैभन्दा कमजोर व्यक्तिको रक्षा गर्न यो उपाय लिइएको जनाइएको छ । इटलीमा अहिलेसम्म ९ हजार १ सय ७२ मा संक्रमण भएको छ भने ४६३ जनाको मृत्यु भएको छ । आजमात्रै इटलीमा १७९७ मा संक्रमण पुष्टी भएको छ भने ९७ जनाको मृत्यु भएको छ ।

यता अमेरिकामा कोरोना संक्रमितको संख्या ६७६ पुगेपछि मृतक र संक्रमितमा अमेरिकाले जापानलाई उछिनेको छ । अमेरिकामा अहिलेसम्म २२ जनाको मृत्यु भएको छ भने जापानमा ९ जनाको मृत्यु भएको छ । जापानमा संक्रमितको संख्या ५३० पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा संक्रमित ६७६ मध्ये आज एकैदिनमा ९६ जनामा संक्रमण पुष्टी भएको हो । जसमध्ये वासिंटन राज्यमा १६९, न्युयोर्कमा १४२ र क्यालिफोर्नियामा ११६ जनामा संक्रमण भएको छ । न्युयोर्कमा आजमात्रै थप ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म ४ हजार ५ जनाको मृत्यु भएको छ । जसमध्ये चीनमा ३१२०, इटलीमा ४६३, इरानमा २३७, साउथ कोरियामा ५३, फ्रान्समा ३० र स्पेनमा ३० जना रहेका छन् ।

अहिलेसम्म १ लाख १४ हजार २ सय ७४ मा कोरोना संक्रमण भइसकेको छ । आजै ४ हजार १ सय ५१ जनामा संक्रमण पुष्टी भएको हो ।

अहिलेसम्म ६२ हजार ८२७ जना संक्रमितको सफल उपचार भएको छ । चीनमा नयाँ संक्रमितको संख्या कम हुँदै गएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com