कोरोना अपडेट : मृतकको संख्या ४ हजार ५, अमेरिकाले उछिन्यो जापानलाई


प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार

अमेरिकामा कोरोना संक्रमितको संख्या ६७६ पुगेपछि मृतक र संक्रमितमा अमेरिकाले जापानलाई उछिनेको छ । अमेरिकामा अहिलेसम्म २२ जनाको मृत्यु भएको छ भने जापानमा ९ जनाको मृत्यु भएको छ । जापानमा संक्रमितको संख्या ५३० पुगेको छ ।

अमेरिकामा संक्रमित ६७६ मध्ये आज एकैदिनमा ९६ जनामा संक्रमण पुष्टी भएको हो । जसमध्ये वासिंटन राज्यमा १६९, न्युयोर्कमा १४२ र क्यालिफोर्नियामा ११६ जनामा संक्रमण भएको छ । न्युयोर्कमा आजमात्रै थप ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म ४ हजार ५ जनाको मृत्यु भएको छ । जसमध्ये चीनमा ३१२०, इटलीमा ४६३, इरानमा २३७, साउथ कोरियामा ५३, फ्रान्समा ३० र स्पेनमा ३० जना रहेका छन् ।

अहिलेसम्म १ लाख १४ हजार २ सय ७४ मा कोरोना संक्रमण भइसकेको छ । आजै ४ हजार १ सय ५१ जनामा संक्रमण पुष्टी भएको हो ।

अहिलेसम्म ६२ हजार ८२७ जना संक्रमितको सफल उपचार भएको छ । चीनमा नयाँ संक्रमितको संख्या कम हुँदै गएको छ तर इटलीमा भने स्थीति भयावह भएको छ । इटलीमा आजै १७९७ मा कोरोना संक्रमण पुष्टी भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com