युएईमा दुईजना नेपालीमा कोरोना संक्रमण


प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार

युएईमा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । युएईको स्वास्थ्य मन्त्रालयबाट जारी वक्तब्य अनुशार त्यहाँ रहेका दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

सोमवार १४ जनामा थप संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ५९ पुगेको जनाइएको छ । सोमबार थप संक्रमण देखिएका १४ मध्ये ४ जना इमिरेटिस, तीनजना इटालियन, २ जना बंगलादेशी, २ जना नेपाली, एकएकजना भारतीय, रसियन र सिरियन रहेका छन् ।

यसैबीच अष्ट्रेलियामा नेपालबाट गएका कोरोना संक्रमित विद्यार्थी नेपाली नै भएको पुष्टी भएको छ । सिंगापुरमा लामो ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेपछि ती युवालाई श्वासप्रश्वासमा समस्या आएको थियो । ट्रान्जिटमै वा हवाई यात्रामा भाइरस सरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

अस्ट्रेलिया पुग्नासाथ स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुगेका उनलाई चिकित्सकले घरमै आइसोलेसनमा बस्न आग्रह गरेका थिए । तर उनी अटेर गरेर होटलमा काम गर्न गएको जनाइएको छ । तर, स्वास्थ्य धेरै खराब भएपछि उनी फेरि अस्पताल पुगेका थिए ।

हाल उनलाई आइसोलेसन राखेर उपचार गरिएको छ । ती व्यक्ति नेपालमा कहाँ बसेको थिए र को को संग सम्पर्कमा थिए भन्ने खोजी भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com