अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुग्यो


प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार

अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या २२ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार गत सोमबारदेखि हिजो आइतबारसम्म २० जनाको ज्यान गएको छ। अघिल्लो आइतबारसम्म अमेरिकामा दुई जनाको मात्रै मृत्यु भएको थियो ।

अमेरिकामा हालसम्म ५ सय ५४ जनामा कोरोनो संक्रमण देखा परेको छ भने ८ जना जटिल अवस्थामा छन् । १५ जना पूर्ण रुपमा निको भइसकेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वव्यापी रूपमा, कोरोना सङ्क्रमित व्यक्तिको संख्या एक लाख १० हजार नाघिसकेको छ । यस रोगबाट हालसम्म ३ हजार ८ सय ३१ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार ६२ हजार तीन सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् भने ५ हजार ९ यसभन्दा बढी जटिल अवस्थामा छन् । गत डिसेम्बरको अन्तिमतिर चीनको उहानबाट फैलिएको यो भाइरस अहिले एक सय भन्दा बढि मुलुकमा फैलिएको छ । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com