इटालीमा १ करोड ६० लाखभन्दा बढी मानिस क्वारेण्टाइनमा


प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार

कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलन थालेपछि ईटालीले झण्डै १ करोड ६० लाख मानिसलाई क्वारेण्टाइनमा राख्न थालेको छ ।

ईटालीको लोम्बाडीसहित उत्तरका ११ प्रान्त र पूर्वी क्षेत्रका मानिसलाई क्वारेण्टाइनमा राख्न लागिएको बीबीसीले जनाएको छ । उनीहरुलाई आउँदो अप्रिलसम्म अनिवार्य रुपमा क्वारेण्टाइनमा राखिने खबरमा उल्लेख छ ।

यस्तै मानिसको जमघट हुने सभा सम्मेलन, जीम, पूल, सङग्रहालय र स्की रिसोर्ट लगायतका क्षेत्रलाई अनिश्चित कालका लागि बन्द गरिएको छ । ईटालीमा गएको २४ घण्टामा ५० जनाको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या २ सय ३० पुगेको छ । थप १२ सय सङ्क्रमित भेटिएपछि सङ्क्रमितको संख्या झण्डै ६ हजार पुगेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com