शान्ति वार्तामा महिला सहभागी सुनिश्चित गर्न आग्रह


प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार

अफगानिस्तानस्थित राष्ट्रसंघीय सहायता नियोग (युनामा) ले अफगानस्तानमा सरकार र सशस्त्र तालिवानबीच हुने शान्ति वार्तामा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सम्पूर्ण पक्षलाई आग्रह गरेको छ ।

‘पछिल्ला वर्षमा अफगानिस्तानमा भएका सामाजिक, राजनीतिक उपलब्धिलाई बचाउन महिलालाई पनि शान्ति वार्तामा सहभागी गराउनुपर्छ,’ युनामाद्वारा जारी वक्तव्यमा उल्लेख छ । तालिवान र अमेरिकी सरकारबीच गत सात कतारको राजधानी दोहामा भएको शान्ति वार्तापछि अफगानिस्तानको १८ वर्ष लामो युद्ध समाप्त भएको घोषणा गरिएको थियो ।

शान्ति सम्झौताअनुसार अब सरकार र तालिवानबीच वार्ता हुनेछ ।‘महिलालाई औपचारिक शान्ति वार्तामा समावेश गर्दा यसले सकरात्मक नतिजा दिने देखिन्छ । महिलाको देशव्यापी र सामुदायिक स्वामित्वका साथै राजनीतिमा अर्थपूर्ण सहभागिता गराउन समाजका सबै सदस्यहरूको एकमत हुनुपर्छ ।’

राष्ट्रसंघीय नियोगकी प्रमुख ताडामिची यामामोटोले जारी गरेको सो विज्ञप्तिमा शान्तिपूर्ण र समावेशी समाज सिर्जना गर्न अफगान महिलालाई शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच बढाउनुपर्ने उल्लेख छ ।

उनले अफगानिस्तानमा औपचारिक कानुन र राष्ट्रिय कार्ययोजनालगायत महिला अधिकारमा उल्लेखनीय प्रगति भएको बताउँदै आगामी दिनमा महिलाका लागि अझ बलियो सामाजिक र राजनीतिक समर्थन आवश्यक रहेको बताइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com