अमेरिकामा कोरोना संक्रमितको संख्या ४४२, कुन राज्यमा कति ?


प्रकाशित मिति : फाल्गुन २४, २०७६ शनिबार

अमेरिकामा कोरोना संक्रमितको संख्या ४४२ पुगेको छ । जसमा ३ जना चीनको युहानबाट उद्दार गरिएका, ४६ जना डायमण्ड प्रिन्सेस क्रुजसिपबाट उद्दार गरिएका र २१ जना क्यालिफोर्नियामा रोकिएको ग्राण्ड प्रिन्सेस क्रुजसिपमा रहेकाहरु छन् ।

अमेरिकाभित्रै संक्रमण पुष्टी भएकाहरु भने ३७२ जना छन् । अहिलेसम्म राजधानी वासिंटन डिसी र अन्य ३१ वटा राज्यमा कोरोना संक्रमण पुष्टी भएको छ । अमेरिका अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म एरिजोनामा ५, क्यालिफोर्नियामा ८१, कोलोराडोमा ८, वासिंटन डिसीमा १, फ्लोरिडामा ११, जर्जियामा ७, हवाईमा १, इलिनोयमा ६, इन्डियानामा १, कन्सासमा १ र केन्टकीमा १ जनामा संक्रमण भएको छ ।

त्यस्तै मेरिल्याण्डमा ३, मासाचुसेट्समा १३, मिनेसोटामा १, मिजौरीमा १, नेब्रास्कामा १, नेभाडामा १, न्यु ह्याम्पशायरमा २, न्युजर्सीमा ४, न्युयोर्कमा ८९ र नर्थ क्यारोलिनामा २ जनामा संक्रमण भएको छ ।

ओक्लोहोमामा १, ओरेगनमा ७, पेन्सिलभेनियामा ४, रोढ आइल्याण्डमा ३, साउथ क्यारेलिनामा २, टेनेसीमा १, टेक्सासमा ८ (उद्दार गरेर ल्याएका ११ बाहेक), युटाहमा १, भर्जिनियामा १, वार्सिटन राज्यमा १ सय ३ र विसकन्सिनमा १ जनामा संक्रमण पुष्टी भएको छ ।

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३६ सय पुगेको छ । जसमध्ये आजै चीनमा २७ र दक्षिण कोरियामा २ जना रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com