आइसोलेसनमा बस्न नमानेका नेपालबाट अष्ट्रेलिया गएका विद्यार्थीमा कोरोना संक्रमण


प्रकाशित मिति : फाल्गुन २४, २०७६ शनिबार

गत फरबी २६ मा नेपालबाट आएका अष्ट्रेलियाको तास्मानिया बस्ने एकजना २० बर्षमाथिको व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । उनी सिंगापुर र सिड्नी ट्रान्जिट भएर तास्मानिया गएको जनाइएको छ ।

उनलाई फरबरी २७ मा नै रुघाखोकीको जस्तो लक्षण देखिएपनि उनले मार्च ६ सम्म हटलाइन नम्बरमा सम्पर्क गरेका थिएनन् । शुक्रबार उनको रोयल होबर्ट अस्पतालमा परीक्षण गरेपछि आइसोलेसनमा बस्न भनिएको थियो । तर उनले त्यसको अवज्ञा गरेका थिए ।

आइसोलेसनमा बस्न भनिएपनि उनी अर्कोदिन काममा गएको जनाइएको छ ।

आइसोलेसनमा बस्न नमानेका उनको शनिबार प्राप्त रिपोर्टमा कोरोना संक्रमण पुष्टी भएको छ । त्यसपछि उनलाई आइसोलेसनमा राखिएको छ ।

तास्मानियाका जनस्वास्थ्य निर्देशक डाक्टर मार्क भेइचले आइसोलेसनमा बस्न नमान्ने ती व्यक्तिको हर्कत अस्वीकार्य भएको बताएका छन् । ती व्यक्ति अष्ट्रेलियन आइडिल कलेजका विद्यार्थी रहेको जनाइएको छ ।

ती व्यक्तिले काम गरेको होटल ।

उनले ग्राण्ड चान्सलर होटलमा पार्टटाइम काम गर्ने गरेको जनाइएको छ । अधिकारीहरुले उनको नजिकको सम्पर्कमा आएका होटलमा काम गर्ने अन्य कामदारहरुबारे अनुसन्धान गरिरहेका छन् ।

कम्तीमा १५ मिनेटसम्म फेस टु फेस हुने वा एउटै कोठामा २ घण्टाभन्दा बढी बस्नेहरुलाई नजिकको सम्पर्कका रुपमा लिइने जनाइएको छ । यो परिभाषाभित्र पर्ने हरेकले १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने जनाइएको छ ।

तीनजना घरमा बस्ने साथीहरु र अर्को एकजना व्यक्तिलाई नजिकको सम्पर्कमा आएको व्यक्तिका रुपमा ठानिएको छ । उनीहरुलाई आइसोलेसनमा बस्न भनिएको छ ।

नेपालबाट गएका भनिएका यी व्यक्तिलाई कोरोना संक्रमण कहाँ भयो भन्नेबारे केही खुलेको छैन । साथै उनी कुन देशका नागरिक हुन् भन्नेबारे पनि केही खुलाइएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com