बेलायतमा २१ हजार ४६० मा कोरोना परीक्षण, कुल संक्रमितको संख्या २०६


प्रकाशित मिति : फाल्गुन २४, २०७६ शनिबार

बेलायतमा अहिलेसम्म कुल २१ हजार ४६० जनामा कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको छ । जसमध्ये २०६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने २१ हजार २५४ जनामा संक्रमण नभएको पाइएको छ ।

बेलायतका स्वास्थ्य अधिकारीहरुले एक वक्तब्य जारी गर्दै यसको पुष्टी गरेका हुन् । बेलायतमा एकैदिनमा ४२ जनामा कोरोना संक्रमणको पुष्टी भएको हो । अहिलेसम्म बेलायतमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना संक्रमणबाट मृतकको संख्या ३५६२ पुगेको छ भने संक्रमितको संख्या १ लाख ५ हजार ६ सय २५ पुगेको छ । ५८ हजार ६ सय २५ जनाको भने सफल उपचार गरिसकिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनमा कोरोना संक्रमितको संख्या ८० हजार ६ सय ५२ पुगेको छ । इटलीमा एकैदिनमा १२४७ मा कोरोना संक्रमण पुष्टी भएपछि संक्रमितको संख्या ५८८३ पुगेको छ । इटलीमा अहिलेसम्म २३३ को मृत्यु भएको छ ।

त्यस्तै दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या ७ हजार ४१ पुगेको छ । इरानमा पनि एकैदिनमा १०७६ मा संक्रमण पुष्टी भएपछि कुल संक्रमितको संख्या ५८२३ पुगेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com